काठमाडौं, २४ मंसिर । उदयपुरको लेखनी–५ भदौरेमा आज बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ३९ जना घाईते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।

bus_accident_nepalमृत्यु हुनेमा बर्ष ३३ का कुशुमदेवी राम, बर्ष ६० की सरस्वतीदेवी राम छन्। गम्भीर घाइते १० बर्षका दिपेश रामको उपचारको लागि अस्पताल लैजादा बाटोमा मृत्यु भएको हो।

बसमा ४२ जना यात्रु थिए । सत्तरीको मधुकट्टा वडा नम्बर ६ र ७ बाट हलेसी दर्शनका लागि समूहमा गएका यात्रु चढेको ना ४ ख ३६२० नम्बरको बस सडकबाट करिव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।