लमजुङ, २४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णवहादुर महराले सरकारले पुरक बजेट ल्याउन लागेको बताएका छन् । आज पाचौँ लमजुङ महोत्सवको उद्घाटन गर्न लमजुङमा पुगेका अर्थमन्त्री महाराले वेसिशहरमा प्रेस सेन्टर नेपालद्धारा आयोजित पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।
भुकम्प पिडितका लागी पुननिमार्णमा बजेट केन्द्रित हुने महराले बताए । सरकार पुरक बजेट ल्याउने गृहकार्य गर्देछ यही सरकारले पुरक बजेट ल्याउँछ । पुँजिगत खर्च वढाउन र आर्थिक वृद्धि गर्नका लागी सरकार लागिरहेको उनको भनाई छ ।
यो सरकारको मुख्य काम संविधान संशोधन गरि असन्तुष्ट पक्षधरलाई राजनीतिक मूलधारमा समाहित गर्ने, भुकम्प पिडितका लागी पुननिमार्ण गर्ने, शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउने, संविधान कार्यन्वयन गर्ने र चुनाव मिति घोषणा गरि चुनाव गराउने रहेको मन्त्री महराले बताए ।
संविधान संशोधन प्रस्ताव प्रति आलोचना, विरोध र समर्थन हुनु समान्य कुरा र स्वाभाविक भएको भन्दै मन्त्री महराले संविधान संशोधनको विरोध केही समय रहने बताए । ‘हेर्दे जानुहोस केही दिनमा संविधान संशोधन प्रस्तावमा जनलहर सडकमा ओर्लन्छ’ उनले भने ‘संविधान संशोधन प्रस्ताव पारित भएपछि सरकारले छिट्टै चुनाव मिति घोषणा गर्छ ।