लक्ष्मण बस्नेत, तुलसीपुर २४ मंसिर । मध्यपश्चिमाञ्चल क्षेत्र स्तरिय बुद्धिचाल खेल छनोट प्रतियोगिताको पुरुष तर्फ दिनेश थापा र महिला तर्फ वर्दियाकी निना श्रेष्ठले उपाधी हात पारेका छन ।
वृहत सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ का लागि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगंज बाँककोे आयोजनामा दाङको तुलसीपुरमा सम्पन्न मध्यपश्चिम क्षेत्रीय वुद्धिचाल खेलको छनोटमा दैलेखका शक्तिराम वुढालाई पराजितगरि साढे ४ अंक प्राप्त गरि थापाले उपाधि चुमेका हुन ।
त्यस्तै महिला तर्फको खेलमा दैलेखकी नम्रता पाठकलाई पराजीत गरि निनाले उपाधी चुमेकी हुन । त्यस्तै बाँकेका पशुपतिनाथ योगीले रजत पदक र शक्तिरामले कास्य पदकमा चित्त बझाउन बाध्य भए ।
पशुपतिनाथले आफ्नो अन्तिम खेलमा प्युठानका श्रीकृष्ण श्रेष्ठ संग बराबरी खेलेका थिए । चौथो स्थानमा रहेका श्रीकृष्ण र पाँचौ स्थानमा रहेका तिर्थबहादुर विक सातौ राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुन सफल भए ।
छनोटमा परेका खेलाडीले पुर्वाञ्चलमा पुस ८ देखि १५ गते सम्म हुने वृहत्त सातौ राष्ट्रिय प्रतियोगितामा मध्यपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर पाउने छन् । यसैविच छनोट प्रतियोगिताको समापन कार्यक्रम प्रतियोगिताको सहआयोजक दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षता तथा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका सदस्य एंव क्षेत्रीय प्रतिनिधी प्रदिप खत्रीको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा विजेता तथा उपविजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा क्षेत्रीय प्रतिनिधी प्रदिप खत्री, जिल्ला खेलकुद
विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगी, सहभागि दिपु केसी लगाएतकाले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए ।