दिपक बोहरा, तुलसीपुर २४ मंसिर । चालु आर्थिक बर्षको पहिलो चौमासिक देखि दाङका चारवटै नगरपालिकाले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण सुरु गरेका छन् । । दाङको तुलसीपुर, घोरही , त्रिपुर, लमही नगरपालिकाले बैंक खाता मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेपछि सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई सजिलो भएको छ । यसअघि झैं अबका दिनमा घन्टौं लाईन बस्नुपर्ने बाध्यता नरहने अपेक्षा गरिएको छ । भत्ता बितरण पक्रियालाई सहज बनाउन बैंक खाता मार्फत सामाजिक भत्ता बितरण सुरु गरेको हो
तुलसीपुर नगरपालिकाका कार्यकरी अधिकृत टोपेन्द्रबहादुर केसीका अनुसार सामाजिक सुरक्षा भत्ता पाउने तुलसीपुरका २० वटै वडाका नागरिकलाई पहिलो चौमासिकको रकम बैंक मार्फत उपलब्ध गराईएको बताए । दाङका अन्य नगरपालिकाकाले पनि बैंक मार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएका छन् । कार्यकारी अधिकृत केसीले भने ‘सम्बिन्धित बैंकलाई भत्ता रकम सम्बिन्धत ब्यक्तिको खातामा जम्मा गर्न सुरु गरेपछि अब पहिलेको जस्तो भत्ता बुझ्नेहरुले घन्टौं सास्ति खेप्नुपर्ने छैन ।’
खातामा जम्मा भएको रकम चेक मार्फत आवश्यक्ता अनुसार जहिले पनि निकाल्न सकिने भएकोले आफ्नो सुविधा अनुसार सामाजिक सुरक्षा भत्ता लिन आउन सकिने केसीले बताए । उनले भने ‘ यसअघि निश्चित दिन तोकेर विभिन्न शिर्षकको सामाजिक सुरक्षा भत्ता वितरण गरिन्थ्यो तर, अब त्यस्तो हुँदैन । भत्ता पाउने व्यक्तिले आफुलाई चाहिएको समयमा जहिलेपनि निकाल्न पाउने छन् ।’बैंक खाताबाट सेवा दिन थालेपछि लक्षित बर्गसम्म भत्ता पुग्ने कार्यकारी अधिकृत केसीले बताए । उनले भने ‘पहिले सम्बिन्धित वडाहरुबाट बितरण गर्दा उनका छोरा, बुहारीहरुले भत्ता बुझ्द थे र कतिपयले आफैले राख्थे अनि भत्ता पाउनु पर्ने ब्यक्तिलाई दिदैन्थे तर, बैकिंङ प्रणालिबाट भत्ता बितरण भएपछि लक्षित बर्गले नै भत्ता प्राप्त गर्छन ।’
त्यसका लागि सामाजिक सुरक्षा भत्ता पाउने एकल महिला,पूर्ण अपाङ्ग,आंशिक अपाङ्ग र ज्येष्ठ नागरिकलाई सम्वन्धित नगरका वडाहरुमा बैंक खाता खोल्ने तयारी भइरहेको छ । अधिकृत केसीका अनुसार तुलसीपुरमा सामाजिक सुरक्षा भत्ता बितरणका लागि १८ वटा बैंकलाई जिम्मेवारी दिइएको छ । बैंकबाट भत्ता बितरण गर्दा अशक्त बृद्धबृद्धाहरु, अपाङ्गहरुलाई बढी सहज भएको कार्यकारी अधिकृत केसीले दाबी गरे । तर गाबिसहरुमा भने गाबिस कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता बितरण हुँदै आएको छ ।
यसैबिच जिल्ला बिकास समिति दाङले पहिलो चौमासिकमा जेष्ठ नागरिक दलित महिला तर्फ एक हजार पाँच सय २३ र दलित पुरुष तर्फ एक हजार चार सय आठ गरि दुई हजार तीन सय ३१ जनालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको जानकारी दिएको छ । त्यस्तै अन्य जेष्ठ नागरिक महिलाहरु तीन हजार सात सय ९७ र पुरुष तीन हजार नौ सय ४१ गरि कुल सात हजार सात सय ३८ जनाले त्यस्तो सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।
एकल महिला सात हजार चार सय चार , पुर्ण अपाङ्गता भएका महिला एक सय १८ र पुरुष एक सय ९१ ग्रि तीन सय ९ जना, आंसिक अपाङ्ग पुरुष २४ र महिला ३५ गरी ६२ जना तथा लोप उन्मुख महिला १४ र पुरुष १५ गरी २९ जनाको सामाजिक सुरक्षाभत्ता निकासा गरिएको जिविस स्रोतले जानकारी दिएको छ ।
