काठमाडौं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संविधान संशोधन पछि कुन धाराले चुनाव हुन्छ भनि प्रश्न गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका पाँच केन्द्रीय सदस्यसहित ९२ जनालाई आज पार्टी प्रवेश गराउँदै ओलीले भने ‘सरकार संविधान संशोधन नगरी चुनाव हुँदैन भन्छन् । म प्रश्न गर्न चाहन्छु ‘संशोधनपछि कुन धाराले चुनाव हुन्छ ?’
वर्तमान संक्रमणकालिन सरकारको मुख्य काम चुनाव गराउनु भएको उल्लेख गर्दै ओलीले आफू नेतृत्वको सरकारले तयार पारेको कार्यतालिका समेत गृहमन्त्रालयको घर्रामा राखेर सरकार बसेको भन्दै उनले आक्रोश पेखे ।
‘अहिलेको सरकारको काम चुनाव गराएर संक्रमणकाल टुंग्याउने हो’ ओलीले भने ‘तर सरकार अरु कसैको स्वार्थ पुरा लागेको छ । यो सवै निर्वाचन हुन नदिने षडयन्त्र हो । सरकारले तुरुन्त चुनाव घोषण गरोस् । चुनावको घोषण नगर्ने हो भने कुर्सीमा बस्ने नैतिक अधिकार छैन ।’