काठमाडौ २३ मंसिर । संसदमा जारी गतिरोध अन्त्यका विषयमा सभामुखले शीर्ष तहमा वार्ता गर्ने तयारी गरेकी छन् । नेकपा एमालेसहित प्रतिपक्षी दलहरुले लगातार चौथो पटक संसद अवरुद्ध गरेपछि राजनीतिक निकासका लागि सभामुख ओनसरी घर्तिमगरले पहल थालेकी हुन् ।

onesari-ghartiसभामुख घर्तिले आज संसदको ठूलो दल तथा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछिन् । सभापति देउवासँग राजनीतिक गतिरोध अन्त्यका लागि पहल थाल्न आग्रह गर्ने बताइएको छ ।

त्यसपछि आजै सभामुख घर्तिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने तयारी गरेकी छन् । संविधान संशोधनको प्रस्ता संसद सचिवालयमा दर्ता गरेपछि एमाले लगाएतका दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् ।