पोखरा, २१ मंसिर । पोखराको वाटुलेचौर चमेरीगुफा क्षेत्रमा पिच सडक भासिँदा मिनीबस भ्वाङमा परेको छ ।

ba25de15beccbf77ecb672069cabb687पोखरा बस व्याबसायी समितिको ग १ ख ७०३३ नम्बरको मिनीबस आज बिहान करिब ५ बजेको समयमा गुड्दै गर्दा भासिएको सडकको भ्वाङमा परेको छ । करिब साँढे दुई घण्टा पछि भ्वाङमा परेको बसलाई क्रेनको सहायताले निकालिएको स्थानीय सुवास अधिकारीले बताए ।

नेपाल खानेपानी संस्थानका प्राविधिक तथा विन्ध्यवासीनी खानेपानी इकाईका प्रमुख दिनेश्वर प्रसाद यादवले कालीखोलाको पानी ल्याएको क्षेत्र अन्र्तगत सर्वसाधारणको कनेक्सन पाईपबाट पानी चुहिएका कारणले गर्दा सो क्षेत्रमा सडक भासिन पुगेको बताए ।