इन्द्रेणी संवाददाता
दाङ, २१ मंसिर । दिपज्योति नर्सिङ कलेजका विद्यार्थीहरुलाई आज ट्राफिक नियमपालन सम्बनधी सचेतना दिइएको छ । जिल्ला ट्राफिक कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सचेतना कार्यक्रम भएको हो ।

dscn0645कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रमुख अरुणकुमार सिंहले दुर्घटनाका कारण र यसबाट वच्चने उपायाहरुबारे विद्यार्थीहरुलाई जानकारी दिएका थिए । मध्यपश्चिमका १५ जिल्लामध्ये दाङमा सडक दुर्घटना सबैभन्दा वढी हुने गरेकाले उनले बताए ।

सडक दुर्घटना मानवीय त्रटि, यान्त्रिक त्रुटि, चालकको लापरवाही, पैदल यात्रीको लापरवाही, भौतिक पूर्वाधारको अवस्थालगायतले हुने भन्दै ट्राफिक प्रमुख सिंहले सबैले ट्राफिक नियम पालना गर्ने हो भने वढ्दो सडक दुर्घटनालाई न्यूनिकरण गर्न सकिने बताए ।

dscn0667सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आरके शितलको अध्यक्षतामा भएको कार्यक्रममा नर्सिङ कलेजकी प्रिन्सिपल विष्णु भुजेलले आफ्नो कलेजलाई छनोट गरेर ट्राफिक सचेनता कार्यक्रम सञ्चालन गरिदिएकोमा आयोजकलाई धन्यवाद दिएकी थिइन् ।

सामुदायिक प्रहरीका विनोद डिसीको स्वागतम मन्वयबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव कुलबहादुर घर्तीले गरेका थिए ।