स्वस्थ शरीरको लागि विभिन्न पोषण चाहिए जस्तै छालाका लगि पनि केयर अवस्यक पर्छ । छालामा पानीको मात्रा ब्यालेन्समा राखेर छालाको जवानी कायम राख्नु पर्छ ।

arms–कतिपय ठान्छन् , मेकअप गरेको छाला चाँडै बुढो हुन्छ । तर कुरा त्यसो होेइन । फेस स्किनका लागि मेकअप आवश्यक पर्छ । तर, मेकअप प्रोडक्ट, लगाउने तरिका तथा वेलैमा रिमुभ र मेकअप रिमुभपछि लगाउनुपर्ने क्रिमबारे ख्याल गर्नुपर्छ ।

–सफा गर्दा स्किनको प्रकृतिअनुसारको क्लिन्जिङ मिल्क या काँचो दूध प्रयोग गर्नुपर्छ । यसले छाला बिग्रिन दिँदैन ।२५–३० वर्षको उमेरपछि छाला चाउरिने प्रक्रिया सुरु हुन थाल्छ । यसलाई रोक्न छालामा पोषणको ब्यालेन्स मिलाउनुपर्छ ।

–छालामा कुनै समस्या आएमा देखासिकीको भरमा उपचार सुरु गर्नु गम्भीर गल्ती हुन्छ । आफ्नो छालाको प्रकारअनुसार मात्रै उपचार गर्नुपर्छ । छालाअनुसार नै आवश्यक प्रोडक्ट प्रयोग गर्नुपर्छ ।

–छालाको जवानी खुइल्याउने प्रमुख तत्व घाम हो । घामको असरबाट छाला जोगाउनैपर्छ । अल्ट्राभाइलेट किरणका कारण छालामा विभिन्न समस्या निम्तिन्छ । त्यसैले उच्च गुणस्तरको सन प्रोटेक्सन क्रिम घरभित्र बस्दा या बाहिर निस्किँदा नियमित लगाउनैपर्छ ।

–चिसो हावा र धुवाँ—धुलोले पनि छालालाई रुखो बनाउन भूमिका खेल्छ । रुखो छाला चाँडै विग्रन्छ । त्यसैले स्किनअनुसारको मोस्चराइजर नियमित
प्रयोग गर्नुपर्छ ।

–आन्तरिक स्वास्थ्यले छालाको स्वास्थ्यमा प्रभाव पार्छ । विभिन्न आन्तरिक रोग तथा समस्याले छालामा पनि असर पार्छ । आन्तरिक रोग निम्त्याउन धुम्रपान र मद्यपानको ठूलो भूमिका हुन्छ । त्यसैले धुम्रपान र मद्यपानबाट टाढै रहनुपर्छ ।
ब्यालेन्समा पानी सेवन गर्नाले छालाको चमक कायम राख्न भूमिका खेल्छ । स्वस्थ छालाका लागि हरेक जवान व्यक्तिले दैनिक कम्तीमा आठ गिलास पानी पिउनैपर्छ ।

–हप्तामा एकपटक फेसियल छालाका लागि जरुरी पर्छ । फेसियलले छालाको डेड सेल्स हटाएर सफा राख्न मद्दत गर्छ भने पोषण पनि पूर्ति गर्छ । फेसियल गर्दा हुने मसाजले फेसमा रक्तसञ्चार पनि राम्रोसँग हुन पाउँछ । तर, फेसप्याक छालाअनुकूलको हुनुपर्छ भने फेसियल गर्ने तरिका सही हुनुपर्छ ।
नियमित शारीरिक व्यायामले शरीर र छाला स्वस्थ राख्छ । मानसिक तनावबाट पनि मुक्त हुनुपर्छ । मानसिक तनावले हर्मोनहरूमा गडबडी ल्याउने र छालामा पनि असर निम्त्याउने गर्छ ।