काठमाडौं, २१ मंसिर। नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँ घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ घटाएको निगमका प्रवक्ता भानु खनालले जानकारी दिए ।
नयाँ मूल्य अनुसार प्रतिलिटर हवाई इन्धन९आन्तरिक तर्फ० ८६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिहजार ७ सय ५० डलर हुनेछ । यसअघि प्रति हवाई इन्धन आन्तरिक तर्फ ९४ र अन्तर्राष्ट्रियतर्फ प्रतिहजार ८ सय ३१ डलर थियो ।
यसैगरी पेट्रोल डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्यमा भने कुनै समायोजन गरिएको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढेकाले मूल्य यथावत राखेको प्रवक्ता खनालले जानकारी दिए । हाल प्रतिलिटर पेट्रोलको मूल्य ९७ र डिजेल ७३ रुपैयाँ छ । खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य १३ सय २५ रुपैयाँ छ ।
