लक्ष्मण रसाइली
कतार, २० मंसिर । शरिरको संबेदनसिल अङग टाउकोमा गम्भीर चोट लागेर उपचारको लागि कतारस्थित रुमिल्लाह अस्पतालको शैयामा रहेका रुकुमका ललित बुढा मगरको १ बर्ष बिति सक्दा पनि पुर्ण रुपमा उपचार हुन सकेको छैन।

15310720_1275660819163921_299971546_n

कतारको एक प्रतिष्ठित आल्मुनियम कम्पनिमा कार्यरत बुढा मगरको काम गर्ने क्रममा फलामको टुक्राले टाउकोमा गम्भीर चोट लागेको थियो। समाजका निम्न बर्गका रुकुमको चौखाबाङ ९ गल्मपाटिका घर भएका बुढा मगरको धन कमाउने ठूलो सपना केवल सपनामै सिमित हुन पुगेको छ। परदेशबाट नै यस्तो दुःखको बेला उनको परिवारमा आर्थिक रकम सहयोग भएको छ।

घरमा बृद्ध बुवा आमा अनि एक छोरीको पालन पोषणको लागि आर्थिक अवस्था कमजोर अनि अभाबका कारण परी आएको समस्याको केही सक्दो सहयोगको निम्ति बुढा मगरको परिवारलाई केही आर्थिक सहयोग जुटेको छ।

बिरामी बुढाको घर परिवारलाइ उपचारमा सहयोग पुर्‍याउने उदेश्यले रोल्पा जलजला सेवा समाज कतारका महासचिव चोम बिष्टको संयोजकत्वमा आर्थिक संकलन गरी ललितको बुवा रामबहादुर बुढा र छोरी रक्षा बुढामगरको संयुक्त बैक खातामा ६७ हजार ३ सय ४० रुपैयाँ सहयोग भएको छ। नेपाल बैक लिमिटेडमा रहेको खाता नं. ०७७०१००६३१०५६४०००००१ मा सो रकम जम्मा गरिएको छ।

यस्तो दुःख र पिडाको बेला सबैले आ आफ्नो सक्दो रकम सहयोग गर्न समेत अपिल गर्नु भयको छ। रकम संकलनको लागि ललितका दाइ गोबर्धन बुढा +9779747096167 र कतार को लागि गोबिन्द बुढा +97470151164 सम्पर्क गरि सहयोग गर्न सकिने बिष्टले बताए ।