रुकुम, २० मंसिर । रुकुमको रुकुमकोटमा वाणिज्य बैंकको पहिलो शाखा सञ्चालनमा आएको छ । रुकुमकोटमा वाणिज्य बैंकको पहिलो शाखाका रूपमा प्रभु बैंकले शाखा सञ्चालनमा ल्याएको हो ।
सांसद गणेशमान पुनले बैंकको शाखा उद्घाटन गरे । रुकुमकोट जिल्लाको तेस्रो ठूलो व्यापारिक केन्द्र हो । प्रभु बैंकले शाखा सञ्चालनमा ल्याएसँगै पूर्वी रुकुमका १६ वटा गाविसवासीलाई बैंकिङ सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता टरेको छ ।
