इन्द्रेणी संवाददाता
दाङ, २० मंसिर । दाङमा एक जनाले गोली हानी आफ्नै भाउजुको हत्या गरेका छन् । घोराही नगरपालिका वडा नं. ३ ओखरा निवासी २६ वर्षीया विक्र थापाले त्रिपुर नगरपालिका हापुर वडहराकी २८ वर्षीय भाउजु पूर्णा थापाको गोली हानी हत्या गरेका हुन् ।

pistol-600x372आइतवार साँझ भाउजुमाथि गोली प्रहार गरेपछि घाइते पूर्णाको उपचारका क्रममा राप्ती उपक्षेत्रीय अस्पताल दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाली सेनामा कार्यरत पूर्णाका श्रीमान गत वर्ष करेन्ट लागेर मृत्यु भएको थियो ।

मृत्युपछि मृतकका परिवारले पाउने क्षतिपूर्ती रकमको विवादमा देउरले भाउजुमाथि गोली हानेको बताइएको छ । हत्यामा संलग्न घोराही–५ का दीपक गिरीलाई प्रहरीले नियनत्रणमा लिएको छ ।