काठमाडौं, १९ मंसिर । संविधान संसोधनको विषयलाई लिएर दलहरुबीच दुरी वढ्दै गइरहेकोे वेला समसामयिक राजनीतिक विषयमा छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आब्हान गरेकी छिन् ।

a09b924d7435ade15003b273b135c447राष्ट्रपति भण्डारीको आह्वानमा राष्ट्रपति भवन शीतल निवासमा जारी सर्वदलीय बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति नेपाल लगायतका दलहरूको बैठक बसिरहेको छ।

सरकारले गत मंगलबार संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेपछि बढदै गएको राजनीतिक दूरीलाई न्यूनिकरण गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ । सरकारले उक्त प्रस्ताव दर्गा गरेलगत्तै विभिन्न जिल्लामा आन्दोलन समेत भइरहेको छ । राष्ट्रपति भण्डारीले दलहरूलाई सहमतिबाट निकास खोज्न आग्रह गरेको बताइएको छ ।