बर्दिया, १८ मङ्सिर । बर्दियामा जंगली हात्तीको आक्रमनामा परी १७ वर्षको अवधिमा ३५ जनाको ज्यान गएको छ ।
राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार थापाका अनुसार २०५६ देखि २०७३ भदौ मसान्तसम्म जङ्गली हात्तीको आक्रमणमा परी ३५ जनाको ज्यान गएको हो ।
सरकारले उनीहरुका परिवारलाई राहतस्वरुप २५ हजारदेखि एक लाख रुपैयाँसम्म राहत समेत वितरण गरेको छ ।
