hiv

घोराही १७ मंसिर । दाङमा एचआईभी संक्रमितहरुको संख्या वढ्दै गईरहेको छ । जिल्लामा हाल दुई सय २९ जना संक्रमितहरु रहेको एचआईभि क्षेत्रमा काम गर्दै आएको संस्था दाङ प्लसले जनाएको छ । दाङ प्लसका कार्यक्रम संयोजक प्रकाश नेपालीले पछिल्लो ३ वर्षमा दाङमा नयाँ ८४ जना एचआईभी संक्रमित थपिएको जानकारी दिए ।

आर्थिक वर्ष ०७०/ ७१ मा २ सय ५४ , आर्थिक वर्ष ०७१/७२ मा २ सय ७८ र आर्थिक वर्ष ०७२/७३ मा ३ सय २ जना  रहेको जनाएको छ । पछिल्लो समय संक्रमितहरु खुल्दै गएपछि यो दर वढ्दै गएको नेपालीको भनाई छ । सामाजिक तिरस्कार र शंकोचकाकारण खुल्ननसकेका संक्रमितहरु पछिल्लो समय खुल्न थाले पछि संक्रमतिहरुको संख्या वढ्दै गएको दाङ प्लसले जनाएको छ । कार्यक्रम संयोजक नेपालीका अनुसार तीन बर्षमा एचआईभी एड्सका कारण दुई सय दुई जनाको मृत्यु भई रहेको वताएको छ, भने वाँकीले एआरभी औषधी सेवन गरिरहेको जनाएको छ ।

अझै समाजले संक्रमतिहरु प्रति हेर्ने दृष्ट्रिकोण फरक भएकाले संक्रमितहरु रोग लुकाउन बाध्य भएको बताए । जुन अनुपातमा रोगीहरु पहिचान हुनु पर्ने हो, त्यो अनुपातमा नभएकाले समाजमा अझै यस्को समस्या थपिदै गएको उनले बताए ।

एडस दिवस मनाईयो
२९ औं अन्तराष्ट्रिय एड्स दिवस दाङमा पनि सचेतना कार्यक्रम गरी मनाईएको छ । ‘हामी सवैको काम , एचआईभी एड्स रोकथाम ’ भन्ने मुलनाराका साथ घोराहीको ट्राफिक चोक देखी शुरु भएको ¥यालीले बजार परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा एचआईभी संक्रमित एकराज परियारले समाजले अझै संक्रमतिहरुलाई हेर्ने ब्यवहार परिबर्तन हुन नसकेको गुनासो गरे । जसले गर्दा आफुजस्ता संक्रमितहरु समाजिक अन्यायमा पर्ने गरेको गुनासो गरे । कार्यक्रममा स्थानियविकास अधिकारी कुलवहादुर जिसीले एचआईभी संक्रमितहरुलाई माया र हौसलाको खाँचो रहेको बताए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय दाङ् , दाङप्लस , नेपाल परिवार नियोजन संघ लगाएतको सहभागिता रहेको थियो ।