दिपक बोहरा / तुलसीपुर १६ मंसिर । तुलसीपुर बजारको बसपार्क पातुखोलामा सारेको २२ वर्ष वितिसक्दा पनि त्यसको अवस्थामा सुधार आउन सकेको छैन । तत्कालिन मेयर शंकरप्रशाद आचार्यले २०५२ सालमा बजारको वसपार्कलाई पातुखोलामा स्थान्तरणगर्न भूमिका निर्वाह गरेका थिए । विगत २२ बर्ष देखि पातुखोलाको वसपार्कको स्तरउन्नती गर्ने वा आधुनिक बनाउने सपना भने अझैं पुरा हुन सकेको छैन ।
अटो ग्यारेज व्यवस्थापनको कुरा पनि ज्यूँका त्यूँ छ । ५० लाख खर्च गरि नगरपालिकाले वसपार्क भित्रका ग्यारेजको व्यवस्थापन गर्ने उदेश्य राखेपनि त्यो समेत अmझैं पुरा हुन सकेको छैन । अझैसम्म वसपार्क पानी पर्दा हिलाम्मे र घामलाग्दा धुलाम्मे हुने गरेकोछ । फोहर यत्रतत्र फालिएको पाइन्छ । वर्र्षाैं देखि यसको अवस्थामा सुधार नहुँदा पहिलो पटक यहाँ आउने यात्रुको धारणा तुलसीपुर प्रति राम्रो बन्न सकेको छैन । विगत केही वर्ष यता तुलसीपुरको वसपार्कलाई आधुनिक रुपमा विकास गर्ने कुरा निरन्तर रुपमा चल्दै आएको भएपनि अझैं त्यसले सार्थकता पाउन नसक्दा त्यो गफ मै सिमित हुने हो कि भन्ने आशंका व्याप्त बनेको छ ।
तुलसीपुर नगरपालिकाले आधुनिक बसपार्क निर्माणका लागि दुईपटक सम्म आह्वान गरेको टेण्डर अझैं सदर हुन सकेको छैन । बदर हुँदै आएको छ । तर, तेस्रो पटक पनि नगरपालिकाले टेन्डर आह्वान गरेको छ । तर, यो पटक पनि टेण्डर बदर हुने संभावना देखिएको जानकारहरु बताउँछन् । यससवालमा तुलसीपुर नगरपालिकाले नगरबिकास कोष प्रति औंला सोझ्याउने गरेको छ । नगर विकास कोषकै कमजोरीका कारण आधुनिक वसपार्क निर्माणगर्ने सपना सार्थक हुन ढिलाई भइरहेको कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।
नगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले पनि सोही दोषारोपन गरे । उनले नगर बिकास कोषकै कमजोरीका कारण दुई पटक टेण्डर बदर भएको र अहिले सम्म तेस्रो पटकको टेण्डरपनि स्वीकृत भइनसकेकाले के हुन्छ भन्ने अवस्था नरहेको बताए । ‘कहिले केही डकुमेन्ट पुगेन भन्छ, कहिले केही पुगेन भन्छ ।’ इञ्जिनियर योगीले भने ‘ टेण्डरमा कहिले एक करोड भन्दा कम कवुल आयो भने स्वीकृत नगर्ने भनिन्छ र कहिले एक करोड भन्दा बढी कबुल आयो भन्दै अस्वीकृत गर्दै आइएको छ ।’
इञ्जिनियर योगीले नगरविकास कोष कै कारण वसपार्क आधुनिक बनाउने सपना पुरा हुन ढिलाई भइरहेको बताए । तेस्रो पटक आह्वान गरिएको टेण्डरमा नगर बिकास कोषले एक करोड भन्दा बढी कबुल गरि आएको टेण्डर स्वीकृत नगर्ने भन्दै अहिलेसम्म त्यसलाई पेन्डिङमा राखेकोले वसपार्क आधुनिक बनाउने कुरा प्रभावित बन्न पुगेको इञ्जिनियर योगीले बताए ।
नगर बिकास कोषले पुस तेस्रो साता अर्थात डिसेम्बर सम्म मात्रै म्याद रहेको र डिसेम्बर सम्म काम शुरु नभए ऋण नदिने बताएको योगीले बताए । उनले नगर बिकास कोषले यो वा त्यो बाहानामा काममा बाधा पु¥याउँदै आएको बताए ।
यो बिषय हाल कानुनी परामर्षका लागि सार्बजनिक खरिद अनुगमण कार्यालयमा पठाइएकाले त्यहाँबाट आएको जवाफका आधारमा अगाडि बढ्ने सोचमा नगरपालिका रहेको ईञ्जिनियर योगीले बताए । उनले कानुनी परामर्षका लागि केही कागजजात काठमडौ पठाएको जानकारी दिँदै त्यहाँबाट आएको जवाफका आधारमा अगाडि बढ्ने बताए । अनुगमण कार्यालयले अबको एक दुई दिनमै यससम्बन्धि जवाफ नगरपालिकाकालाई पठाउने बताएकोले त्यसपछि मात्रै के गर्ने भन्ने टुङ्गो लाग्ने जानकारी दिए ।
नगरपालिकाका कार्यकारी अधिकृत केसीले अब नगर बिकास कोषले आधुनिक बसपार्क निर्माणका लागि ऋण उपलब्ध नगराएपनि अन्य छुट्टै स्रोत खोजि गरेर भएपनि बसपार्कलाई आधुनिक बनाउने प्रतिवद्धता जनाएका छन् । । उनले अब नगर बिकास कोषसंग सम्झौता नभएपनि अन्य स्रोत खोजि गरेर भएपनि जति सक्दो छिटो बसपार्कलाई आधुनिक बनाउने उनको धारणा थियो ।
बसपार्कबासीको माग
तुलसीपुर बसपार्कलाई आधुनिक बनाउने कार्यलाई अगाडि बढाउनका लागि दवाव सिजर्नागर्न एक प्रतिनिधि मण्डल बुधबार नगरपालिमा डेलिगेशन गएको थियो । तुलसीपुर बसपार्क क्षेत्रका ११ बढी टोल बिकास संस्थाहरु संगठित भई डेलिगेशन गएका थिए । उक्त टोलिका संयाजक बिरबहादुर वलीले छिटो भन्दा छिटो वसपार्कको स्तरउन्नती हुनुपर्ने माग गरेका थिए । बसपार्कको स्तरउन्नती नहुँदा सम्म वसपार्क क्षेत्रको विकास र सामाजिक रुपान्तरण संभव नहुने हुँदा यसको अविलम्व विकासमा ध्यान दिन प्रनिनिधि मण्डले ध्यानाकर्षण गराएको थियो ।
फोहरले भरिएको वसपार्कको वातावरणले मानबिय स्वास्थ्यमा समेत प्रतिकुल असर परेको उनीहरुले गुनासो पोखेका थिए । यदि आफुहरुको माग सुनुवाई भएन भने संघर्षगर्न बाध्यहुने संयोजक वलीले बताए । उनले भने ‘ हामी बसपार्क निर्माणका लागि जस्तो सुकै संघर्ष र सहकार्य गर्न पनि तयार छौं । ’ यस पटक (तेस्रो पटक) पनि टेण्डर स्वीकृत भएन भने आफुहरु आन्दोलनमा उत्रने उनले चेतावनी समेत दिएका थिए ।
बसपार्कलाई छिटै पुर्णता दिन माग गर्दै उनीहरुले तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत केसीलाई ज्ञापन पत्र पनि बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै नगरपालिकाका कार्यकारी अधिकृत केसीले बसपार्कलाई स्तरउन्नतीका लागि आफु लागि पर्ने वचन दिएका थिए । बसपार्क बासीको मागलाई सम्बोधन गर्नका लागि आफु हरदम प्रयासरत रहेको पनि उनले बताएका थिए । उनले आधुनिक बसपार्क निर्माण प्रक्रियालाई अगाडि बढाउन आफ्नो चिन्ता र चासोको बिषय बन्दै आएको पनि जानकारी दिए । बसपाकको ११ टोलका करिब ५ हजार भन्दा बढि मानिस बसोवास गर्दै आएका छन् भने दैनिक दशौं हजारौं मानिसहरु आवात जावात गर्दै आएका छन् ।
