इन्द्रेणी डेस्क

दाङ, १५ मंसिर । विवादका विचमै गएराति व्यवस्थापिका–संसदमा संविधान संसोधन विधेयक दर्ता भएको छ । दर्ता भएको चौविस घण्टा नवित्दै मुलुकका विभिन्न स्थानमा विरोध भएरहेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले झन संसोधन प्रस्तावलाई विफल पार्न सदनदेखि सडकसम्म आन्दोलन चर्काेउने घोषणा गरिसकेको छ ।

samsodhan_new_sambidhanयता दाङ, रोल्पा, प्युठान, अर्घाखाँची, नवलपरासी, वुटवल लगायतका जिल्ला तथा स्थानमा ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउने गरी संसवधान संसोधन गर्न लागेको भन्दै कतै जिल्ला बन्दको घोषणा गरिएको छ त कतै प्रदर्शर्नी भएका छन् ।

यी र यस्ता गतिविधि संविधान कार्यान्वयनको पक्षका लागि पक्कै पनि राम्रा सकारात्मक होइनन् । अझ विभिन्न अल्टिमेटम राखेर संविधान संसोधनको माग गर्दै आएको संघीय गठबन्धनले समेत आफूले माग गरे अनुसार प्रस्ताव दर्ता नभएको भन्दै आपत्ति जनाएको छ । संसदमा दर्ता भएको सात बँुदे संसोधन प्रस्ताव अहिलेको अवस्थामा सत्तारुढ दलहरुका लागि निल्नुन ओकल्नु भएको छ ।

यसैकै वाफजुत पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देश निर्वाचनतर्फ अघि वढिरहेको प्रतिक्रिया दिएका छन् । दाहाल अझै संसोधनको विरोधमा रहेका दल र पक्षहरु सहमतिमा आउने आशावादीमै भएको देखिन्छ ।

भरखरै मात्र एक भएको राप्रपा संसोधनको पक्षमै उभिएको छ । विभिन्न पक्षमा संसोधनको प्रस्ताव दर्तामाथि देखिएको असुन्तुष्टिले दर्ता भएको प्रस्ताव पारित हुने कुरा अझ वर्भमै छ । दर्ता भएको प्रस्ताव पारित गर्नका लागि सरकारले दुईतिहाई वहुमत जुटाउनुपर्ने हुन्छ । वर्तमान अवस्थालाई हेर्ने हो भने सरकारलाई दुईतिहाइ जुटाउन कठिननै देखिन्छ ।