दैलेख, १४ मंसिर । दैलेखमा ११ वटा स्थानीय तह रहने गरी भएको सीमांकन प्रस्तावमा असहमत पक्षले मंगलबारदेखि अनिश्चितकालिन दैलेख बन्द गरेका छन् ।
इलाका नम्बर ७ का तीन गाविस मालिका, गौरी र कालभैरववासीले गमौडीलाई समेत गाभेर ज्वालामालिका गाउँपालिका बनाउनु पर्ने माग गर्दै गरेका बन्दका कारण बिहानैदेखि दैलेख–सुर्खेत आवागमन गर्ने गाडी चल्न सकेका छैनन् ।
मंसिर ८ गते स्थानीय प्रशासन र सीमांकन निर्धारण गर्ने जिल्ला प्राविधिक समितिसँग भएको सहमति कार्यान्वयनको प्रक्रिया सुरु भएकाले बन्द गरिएको संघर्ष समितिका संयोजक खगेन्द्र थापाले बताए ।
