काठमाडौं, १४ मंसिर । प्रदेश नं. ५ लाई टुक्राउन नहुँने भन्दै अहिले रोल्पालगायत जिल्लाहरुमा विरोध भइरहेको छ । यति हुँदा हुँदै पनि सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले संविधान संशोधनमार्फत प्रदेश नं. ५ लाई टुक्रउने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको हिजो सोमबार बसेको बैठकले मधेसी मोर्चासँग गरिएको तीन बुँदे सहमतिकै आधारमा अघि बढ्ने निश्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।

nepal-map-624x339तीन बुँदे सहमतिका आधारमा तयार पारिएको संविधानको संशोधन विधेयक अनुसार ५ नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग गर्ने निर्णय बैठकले गरेको छ ।
सीमांकनमा हेरफेर नगरी सहमति हुनै नसक्ने निश्कर्षमा कांग्रेसले ५ नम्बर प्रदेश टुक्रिने गरी तयार पारिएको संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधिले बताए ।

संसदमा दर्ताा गर्न तयार पारिएको संशोधन प्रस्तावमा ५ प्रदेशबाट पहाडी जिल्ला अलग गरिएको छ । ५ नम्बरबाट छुट्याइएका पहाडी जिल्लालाई ४ र ६ नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव गरिएको छ । बैठकले सीमाकंनका बाँकी विषय भने संघीय आयोगमार्फत टुंग्याउनुपर्ने निर्णय यथावत राखेको छ ।

गरिकता, भाषा तथा राष्ट्रियसभाको प्रतिनिधित्वबारेमा गरिएको संशोधनलाई पनि कांग्रेसले जायज भएका निर्णय गरेको छ । अंगीकृत नागरिकताका सवालमा नेपाली पुरषसँग विवाह गरेकी विदेशी महिलाले विदेशको नागरिकता परित्याग गरेपछि अंगीकृत नागरिकता दिन सकिने यसअघिको सहमतिअनुसार नै संशोधन गर्ने निष्कर्ष निकालेको छ ।