शान्त कुमार बुढा मगर
मंसिर १३  । दाङकै विकट मानिने नाका क्षेत्र अन्तर्गत राजपुर गा वि स को नि मा वि भैसाही नाकामा प्रयाप्त दरवन्दी नहुदा बालबालिकाहरुको पठनपाठनमा समस्या देखिएको छ । बिद्यालयमा हाल १ अस्थायी नि मा वि दरवन्दी रहेको छ न्हने १ प्रा वि र १ निमावि राहत शिक्षाकको दरबन्दी रहेको छ ।

15211530_1544932255535561_93538631_n

निजि श्रोत शिक्षाकका भरमा चलिरहेको यस बिद्यालयमा अर्थिक श्रोत प्रयाप्त नहुदा झन समस्या देखिएको हो । जनसंख्याको आधारमा अन्य नाका भन्दा बढी जनसंख्या रहेको यस भैसाही नाकामा हाल ३ सय विद्यार्थी अध्ययनरत छन । बर्सेनि ४ सय देखि ५ सयको हाराहारिमा विद्यार्थी रहे पनि यस बर्ष निजि श्रोत शिक्षको आन्दोलनका कारण छिमेकी बिद्यालय मा बि भौवानाकामा भर्ना भएपछि विद्यार्थी संख्यामा कमि हुन आएको हो ।

15281943_1544932038868916_2041002242_n

भौगोलिक हिसाबले मा बि चलाउन सकिने यस बिद्यालयमा नि मा बि सम्म संचालन भइ रहेको छ । तर यसैका लागि पनि जिल्ला शिक्षाले प्रयाप्त दरबन्दी दिन नसक्दा आफ्ना बालबालिकाको भबिस्य प्रती स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन । बिद्यालयमा निजि शिक्षकलाई प्रयाप्त तलव दिन नसक्दा बिद्यालय छाड्ने कहिले बिद्यालय बन्द गर्ने गर्दा बिद्यालयमा निरन्तर पठनपाठन हुन सकेको छैन । निजि श्रोतमा शिक्षक राख्दा कम तलबमा राख्नु पर्दा शैक्षिक गुणस्तर समेत कमजोर हुँदै गएको बि ब्य स सदस्य अमृत खड्काले बताउनु भयो । उहाले बिद्यालयको समस्या बारम्बार जिल्ला शिक्षामा जानकार गराएपनी चासो नदिएको गुनासो गर्नु भयो । बिद्यालयमा शिक्षाकको समस्या सगै भौतिक संरचनाको समेत अभाव रहेको छ ।

भवन हरु पुराना भएर चर्किएका छन । त्यस्तै भवनमा जोखिम मोलेर विद्यार्थीहरु अध्ययन गर्नु पर्ने बध्यता समेत रहेको छ । यस बर्ष आएको बर्षाका कारण बिद्यालयको भवन समेत कटान गरेको छ। अन्य बिद्यालय भन्दा बढी विद्यार्थी भएको यस बिद्यालयमा जिल्ला शिक्षा कार्यालयले थप दरबन्दी र भौतिक पुर्वाधार निर्माणका लागि कुनै सहयोग नगरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ले बताउनु भयो । २०३९ सालमा निर्माण भएको यस बिद्यालयको भवन जिर्ण भैसकेको छ ।

भवन जिर्ण भएका कारण शिशु कक्षा लाई बिद्यालयको छात्राबासमा पढाउनु पर्ने बध्यता रहेको अध्यक्षले बताउनु भयो । यसै बर्ष नाका वासीको पर्वको रुपमा लिइने नाका स्तरीय खेलकुद फल्गुण १२ गते यसै बिद्यालयले सप्पन्न गर्नुपर्ने भएको छ । उहाँले बिद्यालयको आर्थिक स्थिति कमजोर रहेकोले यस बिद्यालयमा शिक्षक पद पुर्ती गरि दिन र भौतिक पुर्वाधार निर्माणका लागि सहयोग गरिदिनको लागि जिल्ला शिक्षा कार्यालय तथा सम्पुर्ण सहयोगि सघ सस्थामा लाई समेत उहाले आग्रह समेत गर्नुभएको छ ।  नाका क्षेत्रमा रहेका प्राय बिद्यालयहरुमा प्रयप्त शिक्षक र भौतिक पुर्वाधारको समस्या रहेको छ ।