केहि समय अष्ट्रेलियामा बसेर नेपाल फर्किएकी नायिका नम्रता श्रेष्ठ वुधबार भने मुस्कानसहित जय नेपाल हल पुगिन् । काठमाण्डौमा बढ्दै गएको जाडोको प्रवाहा नगरि केहि नायिका खुलेको पहिरनमा हल पुग्दा नम्रता भने न्यानो पहिरनको साहारामा थिइन् ।
नम्रता अष्ट्रेलिया पुग्दा उनका प्रेमी दावा शेर्पा पनि सँगै थिए या थिएनन् भन्ने स्पष्ट भएको छैन । तर, टक्सन गाडीमा नम्रता र दावा एकसाथ जय नेपाल हल पुगेका थिए ।
प्रेमका सुरुवाती दिनमा दावा मिडियामाँझ आउँन चाहदैनथ्य । जब, मिडियाको क्यामेरा उनीतिर सोझिन्थ्यो, उनी हातले छेक्ने गर्थे । तर, अब दावाले क्यामेराका अगाडि पोज दिन थालेका छन् ।
सार्वजनिक कार्यक्रममा प्रेमीसँग पुग्ने नम्रता अन्य चलचित्रकर्मी र सहकर्मीसँग भने त्यती नजिक देखिन्नन् । बर्षमा १-२ वटा चलचित्र मात्र गर्ने नम्रताले, ‘क्लासिक’ पछि उनका मनपर्ने निर्देशक दिनेश राउतसँग ‘पर्व’मा काम गर्दैछिन् ।
अनलाइनखबरबाट
