kaidi

घोराही १२ मसिर ।  मानव बेचविखनमा संलग्न भएको ठहर गर्दै दाङमा अदालतले दुई जनालाई दुई बर्ष कैद फैसला सुनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले लालमटिया ३ भालुबाङ निबासी ३६ बर्षिय राजकुमार पुन र ४२ बर्षिया मनकला सुनारलाई २२ बर्ष कैद फैसला सुनाएको हो ।

जिल्ला न्यायाधिस बलभद्र बास्तोलाको इजलासले दुबै जनालाई दोषि ठहर गर्दै कैद गर्ने फैसला गरेको हो । दुई महिलालाई आर्थिक प्रलोभनमा पारेर भारतमा लगि विक्रि गरेको अभियोगमा प्रहरीले उनिहरुलाई गत असार २४ गते नियन्त्रणमा लिएको थियो ।

पुन र सुनारले आफुहरुलाई भारतको गारखपुरमा पु¥याएर भारतिय सँग बिक्रि गरेको भन्दै दुई युवतिले प्रहरीमा उजुरी दिएका थिए । गोरखपुर मन्दिरमा रहेका बाबा सँग भेटेर पूजा गरे लाखौँ रुपैयाँ पाईने भन्दै उनिहरुले लालमटियाबाट दुई युवतीलाई गोरखपुर पु¥याएका थिए । तर उनिहरुले आफुहरु बेचिएको महशुस गरेपछि असार २० गते भागेर नेपाल फर्केर उजुरी गरेका थिए ।