इन्द्रेणी संवाददाता
दाङ ६ जेठ
तुलसीपुरमा आज ३१ जनाले रक्तदान गरेका छन । दाङमा रगतको अभाव हुन नदिन ‘रक्तदान जिवन दान’ भन्ने सन्देशका साथ तुलसीपुर नगर जेसीजले आज आयोजना गरेको कार्यक्रममा ३१ जनाले रक्तदान गरेका हुन । जेसीज सप्ताह अन्तरगत जेसिजले आज रक्तदान कार्यक्रम गरेको थियो ।raktadan

तुलसीपुर नगर जेसीजका अध्यक्ष सुर्यप्रसाद शर्माको अध्यक्षता तथा जिल्ला जनस्वास्थ्य प्रमुख डा. भुवन पौडेलको प्रमुख आतिथ्य अनि प्रजातान्त्रीक उद्योग व्यवसायी संघका अध्यक्ष जनक खरालको विशिष्ट आतिथ्यमा रक्तदान भएको थियो ।

रक्तदानमा जेसीजका पदाधिकारी, विभिन्न विद्यालय तथा सुरक्षा निकायका प्रतिनिधिहरुले रक्तदान गरेको कार्यक्रम संयोजक झलक केसीले जानकारी दिनुभयो । रक्तसञ्चार सेवा दाङका प्राविधिकहरु ठाकुर पौडेलको नेतृत्वमा भुपेन्द्र केसी, सुरज ज्ञवाली वुद्धि सापकोटा लगायतको टोलिले प्राविधिक सहयोग गर्नुभएको थियो ।।