दाङ ६ जेठ
राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा यही शैक्षिक सत्र देखि नेत्र सहायकको पढाइ सुरु हुने भएको छ । शैक्षिक सत्र २०७३÷७४मा ४० जनाको संख्यामा नेत्र सहायकको पढाई गर्ने तयारी गरिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्सेर थापाले बताउनुभयो ।
राप्ती आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत अस्पताललाई ‘आँखा सेन्टर’को रुपमा विकाश गर्न लागेको अस्पतालले जनाएको छ । पहिलो बर्ष व्यसिक साइन्सको पढाई दाङको लालमटियामा स्थित प्राविधिक शिक्षालयवाट दिने र ट्रेनिङ भने अस्पतालमा सञ्चालन गरिने थापाले बताउनुभयो ।उहाले राप्ती आँखा अस्पताल रक्षाचौर, लमही आँखा अस्पतालवाट सेवा प्रभाह गरिरहेको अस्पतालले राप्ती आँखा अस्पतालमा टे«निङ सेन्टर संचालनका लागि सबै प्रकृया पुरा गरेर सिटीभिटीबाट स्वीकृती समेत प्राप्त गरिसकेको अधिकृत थापाले बताउनुभयो ।राप्तीमा पढाई नभएकै कारण विद्यार्थी वाहिरी जिल्लाहरु चितवन,भैरहवा,काठमाडांै,नेपालगञ्जमा जानुपर्ने वाध्यता थियो । एसएलसी उत्तिर्ण गरेका विद्यार्थीले उक्त कोर्ष लिएर पढ्न पाउने छन् । एसएलसीको नतिजा प्रकासित भएलगतै पढाई सञ्चालनका लागि दरखास्त आह्वान गरिनेछ ।।