इन्द्रेणी संवाददाता
घोराही, ११ मंसिर । त्रिभुवननगर जेसीजको आयोजनामा आज घोराहीमा मिनी म्याराथुन दौड प्रतियोगीता सम्पन्न भएको छ । १५ किलोमीटर ५ सय मिटर दौड प्रतियोगीतामा द लोटस टे«निङ सेन्टर घोराहीका अमरबहादुर खत्री प्रथम भएका छन् ।

15175630_1192465650844758_23557793_nकेडी इन्टरप्राइजेज घोराहीको मुख्य प्रायोजक रहेको ‘हिरो जेसीज मिनी म्याराथुन’ प्रतियोगीतामा रिपुमर्दन गण घोराहीका सूर्यबहादुर राई द्वितीय र त्रिपुर नगरपालिका ४ खैराका भीमबहादुर गुरुङ तृतीय भएका छन् ।

६८ जना पुरुष र ६ जवना महिलाको सहभागीता रहेको थियो । जेसीज सचिवालयबाट सुरु भएको प्रतियोगीताका लागी सहिदगेट हुदै, तुल्सीपुर चोक, दामोदर चोक, त्रिभुवन पार्क, नयाँ बजार, नेपाल टेलिकम, निमाहल रोड, ट्राफिक चोक, विपी चोक, राप्ती शिक्षा क्याम्पस चोक, भिग्रेली चोक, पनौरा, धर्ना १ धारापानी हुदै पुनः सोही बाटो फर्कीएर मार्क कलेज हुदै दाङ देउखुरी जिल्ल हदालतबाट सचिवालयमा पुगेर टुंगीएको थियो ।

दौड प्रतियागीतामा महिलातर्फको उपाधी पद्मोदय पब्लीककी विश्वमा शर्माले हात पारेकी छिन् । प्रतियोगीतामा ९ बर्षका बालबालिकादेखी ५७ वर्षका व्यक्तिको सहभागीता थियो । सफल रुपमा दौड पुरा गर्ने सबैभन्दा कम उमेरका ९ वर्षका सदिक्षा चौधरी र १३ वर्षका क्षितिज चौधरीलाई तथा ५७ वर्षका भरतसिंह थापालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

जेसीस वर्ष २०१६ का अध्यक्ष रजिव उल्ला खानको अध्यक्षता एवं सांसद राजु खनालको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको विशिष्ट आतिथ्यतामा भएको प्रतियोगीतामा सहयोग गर्नेहरुलाई सम्मान गरेका थिए ।