बुटवल, ११ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले चुनाव सुनिश्चित गर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले संसदको म्याद कुनैपनि हालतमा बढाउन नहुने बताए । २०७४ साल माघ ७ गते सम्म वर्तमान संसदको अवधी भएको बताउँदै त्यसभित्र तीन तहको चुनाव गरी संघीय संरचनासहितको संविधान कार्यन्वनय गर्नुपर्ने उनको भनाइ थियो ।
संसदको म्याद थप्दा लोकतन्त्रको सौन्दर्यता गुम्ने र प्राप्त उपलब्धी संकटमा पर्ने बताए । मंसिर भित्र दलहरुबिचमा सहमति भएन भने चैत्रमा स्थानीय चुनाव हुने सम्भावना टरेर जाने उनको भनाइ छ ।
