एजेन्सी, ११ मंसिर । क्युबाका कम्युनिस्ट क्रान्तिकारी नेता तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रो को ९० वर्षको उमेरमा आज शनिवार निधन भएको छ । क्यास्ट्रोको जीवनकालमा उनलाई ६३४ पटकसम्म मार्ने कोशिस भएको थियो, तर उनी झन्डै एक शताब्दी बाँचेर कालगतिले आज विदा भएका छन् ।
क्यास्ट्रोले आफ्नो जीवनकालमा अमेरिकाबाट ६३४ पटकसम्म हत्याको कोशिस गरेको थियो । यो षड्यन्त्र योजनाकार अमेरिकी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) थियो । साथै क्यास्ट्रोको हत्याको षड्यन्त्रमा अमेरिकाको सहयोग प्राप्त निर्वासित संगठनको पनि हात थियो ।
क्यास्ट्रोले आफूलाई मार्नका लागि विष मिसिएको औषधि, विषाक्त सिगार, विस्फोटक पदार्थ र रसायनयुक्त डाइभिङ सुटको पनि प्रयोग गरिएको खुलासा गरेका थिए ।
मैले क्युबाली क्रान्ति ८२ जना मानिससँग थालेको थिएँ । यदि मैले फेरि यस्तो गर्न पाएँ भने यसका लागि केबल १०(१५ जना मानिस र उनीहरुको भरोसा भए पुग्छुु, उनले कुनै बेला भनेका थिए, ुुयदि तपाईँसँग योजना र विश्वास छ भने जित मिल्छ, क्रान्तिमा तपाईँ कति सानो हुनुहुन्छ भन्ने कुराको अर्थ हुन्न ।
यी क्युबाका चर्चित कम्युनिस्ट नेता क्यास्ट्रोले लगात ६ घन्टासम्म दिने भाषण पनि मानिसहरु मन्त्रमुग्ध भएर सुन्थे । सन् १९५९ मा जब उनले क्युबाको सत्तामा कब्जा जमाए, त्यो बेला उनी केबल ३२ वर्षका मात्रै थिए । उनी ल्याटिन अमेरिकामा सबैभन्दा युवा नेता थिए । दशकौँसम्म उनी ल्याटिन अमेरिका र अफ्रिकासम्म क्रान्तिका प्रतिक र प्रेरणाका स्रोत बनिरहे ।
