इन्द्रेणी संवाददाता
घोराही ११, मंसिर । घोराही नगरपालिका अन्तरगत तल्लोरतनरपुरका विकाश नगर र जनप्रतिभा टोल विकास संस्थाहरु आफ्नो गाउँ समाज र टोललाई हरियाली र सफा टोल बनाउन कम्मर कसेर लागेका छन।

15219587_183782892084464_7597240558819224396_nदुवै टोलका सवै टोलबासी मिलेर आफ्नो टोलका मुख्य सडकहरुमा दर्जनौ विभिन्न प्रजातिका विरुवा रोपेर संरक्षण अभियानमा लागेको विकास नगर टोलका अध्यक्ष घनश्याम गिरीले बताए ।

वर्षाताको समयमा विरुवा रोप्ने तर संरक्षणको अभावमा हिउँदमा विरुवा मर्ने वा कशैले उखेलेर फाल्ने समस्यालाई मध्य नजर गर्दै जसको घर अगाडि बिरुवा छ उसैलाई सो विरुवा संरक्षणको जिम्मा दिएको जनप्रतिभा टोल विकास संस्थाका अध्यक्ष सनम केसीले जानकारी दिए ।

दुवै टोलविकास संस्थाले केही महिना अगाडि नगरपालिकाको लागत सहभागितामा सहकार्यमा सडक पीच सम्पन्न गरेर सडक वरपर विभिनन प्रजातिका विरुवा रोपेका छन । पहिले दुवै टोल एकै भए पनि बढ्दो जनसंख्याको चापका कारण दुईवटा टोल हुन पुगेको तर धेरै जसो सामाजिक कामहरु संयुक्त रुपमा नै गर्दै आएको टोलका संस्थापक अध्यक्ष भोपलाल रोकाले बताए ।

यसैगरी आफ्ना टोलका सडक र टोलबासीको घर अगाडि फोहोर हुन नदिन सडक सरसफाई अभियान पनि सञ्चालन गर्ने गरेको उनीहरुको भनाई छ । गल्ने फोहोरलाई मलखाद वा खाल्टो खनेर गाड्न लगाउने र अन्य फोहोरलाई डस्टविन बनाएर राख्न टोलबासीलाई अनुरोध गरेको उनीहरुले बताए ।

अहिले सो टोलमा नगरपालिकाले फोहोर संकलन गर्ने भाँडा नराख्दिएको र फोहोर उठाउन गाडि पनि नपठाउने भएकाले केहि समसया भएकाले नगरपालिकालाई गाडि पठाएर सहयोग गरिदिन र फोहोर फाल्ने भाँडा राखिदिन टोलबासीले आग्रह गरेका छन ।

यसैगरी विकास नगर टोल विकास संस्थाले हरियाली टोल अभियान अन्तर्गत शनिवार आफ्ना टोल क्षेत्रमा रोपिएका सवै विरुवामा पानी सिचाई गरेको छ । वर्षातमा रोपिएका विरुवा नमरुन भन्ने उद्देश्यले सवै विरुवामा सिचाई गरिएको टोलका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए ।

टोल विकास संस्थामा बसोबास गर्ने ८९ बढी टोलबासीको अगुवाईमा सवै विरुवामा सिचाई गरिएको थियो । यसैगरी विरुवालाई हुर्काउनका लागि सवै विरुवामा मल पनि राखिएको छ । २५ हजार बढी रुपैयाँको गाईभैसीको प्राङगारीक मल राखिएको गिरीले जानकारी दिए ।