कास्टिङ काउच बलिउडको एउटा यस्तो सत्य हो जसबाट कोही पनि बच्न सकेका छैनन् । नायक नायिका मात्र होइन् चर्चित गायिकाले पनि यो पीडाको सामना गर्नुपरेको छ । यो सूचीमा एक गायिका छिन् जसको नाम हेमा सरदेसाइ हो जो चर्चित आइटम गर्र्ल पनि हुन् ।
एक अन्तर्वार्ताको क्रममा उनले यसबारे खुलासा गरेकी थिइन् । संघर्षका दिनमा उनले बलिउडका जो सुकैले पनि उनीसँग रात बिताउन चाहेको बताएकी छिन् ।
हेमाले अन्तर्वार्तामा भनेकी थिइन्, ‘बलिउड नराम्रा व्यक्तिहरुले भरिएको छ । मैले कोही राम्रा व्यक्ति भेटिनँ । म जतिपनि स्टूडियोमा गएँ, सबैले मलाई नराम्रो दृष्टिकोणले हेरे । उनीहरु मसँग रात बिताउन चाहन्थे । उनीहरुले अरु गायिकाको उदाहरण दिने गर्दथे तर म डिप्रेस भइनँ किनभने मैले सधैं संगीतको पूजा गरें र कहिले पनि यसको बेइज्जत हुन दिइनँ । अहिलेसम्म मेरो संगीतमा भगवानको वास छ ।’
मुम्बई महाराष्ट्रमा जन्मिएकी हेमाले ठूलो उपलब्धि हाँसिल गरेकी छिन् जुन अरु गायक गायिकाले हाँसिल गर्न सकेका छैनन् । उनी एक्ली गायिका हुन् जसले सन् १९८९ मा जर्मनीमा भएको अन्तर्राष्ट्रिय पप सङ्ग फेस्टिवमा ग्राड पिक्स अवार्ड पाएकी थिइन् । यसका साथै लता मंगेशकरलाई छोडेर उनी ५० औं स्वतन्त्रता दिवसमा आफ्नो प्रस्तुती दिने उनी एक्ली गायिका हुन् ।
हेमाले निकै सानो उमेरमा आफ्नो गायन सुरु गरेकी थिइन् । उनले ८ वर्षको उमेरमा नै नवरात्री फेस्टिवलकाृे क्रममा पहिलो पटक स्टेजमा गाएकी थिइन् । बाल्यकालमा उनलाई साथी र शिक्षकहरुले ‘ह्याप्पी गो लक्की गर्ल’ भनी बोलाउँथे र अहिले पनि उनलाई धेरैजसो मानिसहरुले यही नामले बोलाउँछन् । रातोपाटीबाट
