तुलसीपुर १० मंसिर ।  नेपाल बिद्यार्थी संघ दाङ क्षेत्र नंबर ४ का कार्यबहाक सभापति तेजेन्द्र हमालले आफुलाई बर्खास्त गरेको प्रति आपत्ति जनाएका छन् । शुक्रबार एक बिज्ञप्ति निकाली उनले केही दिन अघि वर्तमान अध्यक्षले आफुलाई बर्खास्त गरेको भनी सञ्चार माध्याममा आएको समाचार प्रति घोर आपत्ति जनाएका छन् ।

नेबिसंघको विधान २०२७ को छैठौ शंसोधन २०७३ भाग २ को धारा ५(ङ) ले व्यवस्था गरे वमोजिम र नेपाल विद्यार्थी संघको केन्द्रिय कमिटिले यहि मसिंर १ गते बिज्ञप्ती प्रकाशित गरी नेविसंघ क्षेत्र नं ४ को अध्यक्ष पद खालिरहेको जनाएको थियो ।

विज्ञप्तिमा नेविसंघ क्षेत्र नंम्बर ४ को वैठकले कार्यवहाक अध्यक्ष पद तेजेन्द्र हमाललाई दिने निर्णय भईसकेकोले उनले बताए । उनी अध्यक्ष एक राज खड्काले नेबिसंघको केन्द्रिय सदस्यमा उम्मेदवार दर्ता गराउनु भन्दा पहिलो उपाध्यक्ष पदमा रहेका थिए ।

बिज्ञप्तिमा हमाल सहित सचिवद्धय चित्र केसी , पारस वस्नेत, सहसचिव मेघराज डिसि ,सदस्यहरु हरि पोख्रेल , सुदन शर्मा , पारस हमाल, मनु सेन, रोहन केसी र नेविसंघ क्षेत्रनं ४ का सल्लाहकार सुवर्ण सम्सेर लगाएतले संयुक्त हस्ताक्षेरित विज्ञप्ती निकालेर यस्तो बताएका हुन् ।

new-1

new-2