काठमाडौं, १० मंसिर । आज दिउँसो बस्ने भनिएको माओवादी केन्द्रको बैठक स्थगित भएको छ ।
मन्त्रिपरिषद्को बैठकमा पेश गरिने संविधान संशोधनको मस्यौदा टुंगो नलागेपछि शुक्रबार ३ बजे बस्ने भनिएको माओवादीको हेडक्वार्टर बैठक स्थगित भएको हो ।
माओवादी बैठक शनिबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।











