काठमाडौँ, १० मंसिर । दिनदिनै बिजुलीको बिल र लोडसेडिङबाटबाट हैरान हुनुहुन्छ भने अब चाँडै नै यस समस्याबाट मुक्त हुने दिन आउँदैछन् । अबका केही वर्षमा तपाईंको घरको भित्तो र छतबाटै बिजुली निस्किने दिन आउँदैछ । तपाईँको घरमा लगाइने विशेष किसिमको रङ्गबाट अब बिजुली निकाल्न सकिने भएको छ ।

bijuliयस खास पेन्ट्सको विशेषता भनेको यसले सौर्य उर्जालाई विजुलीमा परिणत गर्ने क्षमता राख्दछ । वैज्ञानिकहरुले एक नयाँ पेन्ट्स थर्मोइलेक्ट्रिक तयार पारेका छन् । जसले तातो ठाउँबाट निस्कने तापलाई बिजुलीमा बदल्नेछ । कोरिया इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी तथा कोरिया इलेक्ट्रोटेक्नोलोजी रिसर्च इन्टिच्युटका वैज्ञानिकहरुले कुनै पनि आकारको सतहमा थर्मोइलेक्ट्रिक पेन्ट टाँसिने कुराको प्रमाणित गरेका छन् ।

दक्षिण कोरियामा उल्शन नेशनल इन्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीका खोजकर्ता जे सुङ्ग सनले भने, थर्मोइलेक्ट्रिक पेन्टिङ्गको उपयोग घर, कार र जहाज आदिमा खेर गइरहेको तापलाई उपयोग गरेर बिजुली निकाल्न सकिन्छ ।

उनले अगाडि भनेका छन्, ुउदाहरणका लागि गर्मीयाममा घरको छत तथा भित्ताको तापक्रम ५० डिग्री सेल्सियसभन्दा धेरै हुन्छ । यदि हामीले घरको भित्तामा विशेष पेन्टको उपयोग गर्न सक्यौँ भने खेर गइरहेको इनर्जीलाई विद्युतीय शक्तमा बदल्न सक्छौँ ।