काठमाडौं, ९ मंसिर । ललितपुरको ग्वार्कोस्थित एक युवतीको अपहरणपछि सामुहिक बलात्कार भएको छ । ललितपुरको इमाडोलस्थित कृष्णमन्दिर पुग्दा मोटरसाइकलमा आएका तीन जना युवाहरुले युवतीको प्रेमीलाई कुटपीट गरी युवतीको अपहरण गरेका थिए ।

balatkar2मंगलबजारमा आफ्नो डेरामा गेट बन्द भएपछि जुम्लाका राजविक्रम रावलले राती एक बजेतिर प्रेमिकालाई आफ्नै घर लगेका थिए । इमाडोलस्थित रावलको घर जाने क्रममा कृष्णमन्दिर निर पुग्दा एक समूहले रावललाई कुटपीट गरी युवतीलाई अपहरण गरी लगेका थिए । रावलले तत्काल प्रहरीलाई उजुरी गरेपछि अपहरणकारी तीनै जनालाई पक्राउ गरेको छ ।

अपहरणमा संलग्न इमाडोलका प्रवेश थापा, निर्मल थापा र कास्कीका सुशील अर्याललाई प्रहरीले पक्राउ गरेको छ । अपरहणकारीले आफ्नै कोठामा लगेर युवतीलाई सामुहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ललितपुर प्रहरीले जनाएको छ ।