वीरगन्ज, ९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विरगञ्जको आदर्शनगर रंगशालामा आज बृहत्त योग शिविरको उद्घाटन गरेकी छिन् ।

1f88eefea70c30cf6b74a2cc5cdd6196शिविरको उद्घाटन गर्दै भण्डारीले प्रकृतिकको अनुपम बरदानको रुपमा रहेको नेपाल योग विज्ञान र आयुर्वेदको महत्वपुर्ण स्थान बन्न सकने बताइन् ।
राष्ट्रपति भण्डारीले योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको चेतनाको विकास गर्ने बताइन् ।

ऋषिमुनिको तपोभूमि नेपालमा योगको माध्यमले स्वच्छता र शान्त स्थापना होस भने कामना राष्ट्रपति भण्डारीले गरिन् । संयुक्त राष्ट्रसङ्घले पनि योगको महत्वलाई सम्मान गर्दै राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद चिकित्सा पद्धतिमा आधारित यो विद्याले मानविय जीवनलाई रुपान्तरण गर्ने बताइन् ।