काठमाडों, ८ मसिर । आफ्नो कार्यकालमा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ९एआर्एजी० ऋषभदेव भट्टराईविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

rishav-b-375x375पदीय दुरुपयोग गरी भ्रष्टाचार अभियोगमा मंलगबार वयानका लागि अख्तियारमा हाजिर भएका भट्टराईलाई नियन्त्रणमा लिएर विशेष अदालतमा मुद्धा दायर गरिएको हो ।

एक करोड ९१ लाख ३६ हजार आठ सय ८१ रुपैयाँ ४५ पैसा पदीय दुरुपयोग गरी आर्जन गरेकाले सो बराबरको रकम जफत गरी त्यति नै बिगो असुल र कैदसमेतको सजाय माग्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियार प्रवक्ता गणेश कार्कीले बताए ।

प्रहरी सेवामा पवबेश गरेदेखि २०६९ सालसम्म उनको वैधानिक आय र खर्चको अनुसन्धान गर्दा एक करोड ९१ लाख रुपैयाँ भन्दा बढी सम्पत्तिको स्रोत खुल्न नसकेकाले उनीविरुद्ध पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गरिएको हो ।