काठमाडौ ६ मंसिर । नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यसिमितिको बैठकले मातृभुमिका लागि युवा अभियानका संयोजक सुनिल खडका र पुर्व डि आई जी अशोक श्रेष्ठलाई केन्द्रिय कार्यसमितिमा थप गरेको छ ।
सोमबाट शुरु भएको वैठकमा विशेष राजनीतिक समितिको निर्णय अनुसार अर्का केन्द्रिय कार्यकारी सदस्य सोनाम छिरिड शेर्पा विरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले पार्टीको विधान वमोजिम स्वत निलम्वन भएको र मुमाराम खनाललाई अनुशासन आयोगको छानविन प्रकृया चलिरहेका सन्दर्भमा तत्काल जिम्मेवारीवाट मुक्त गरेको छ ।
पार्टी प्रवक्ता खिमला देवकोटाले नेकपा (माले समाजवादी)संग वार्ता भै पार्टीमा समायोजन हुने भएकाले सो पार्टीका अध्यक्ष सुभास काफले र महासचिव गोविन्द पौडेललाई वैठकमा आमन्त्रण गरिएको जानाकारी गराए ।
आजको बैठकमा सातै प्रदेशका संयोजकहरु सहित राष्ट्रिय मामला, सम्पर्क सयन्त्र, र आंगिक संगठहरुका तर्फवाट संक्षिप्त रिपोर्टिड गरिएको थियो ।
त्यस्तै अघिल्लो वैठकले गठन गरेका विभिन्न कार्यदलको कार्ययोजना प्रस्तुत गरिएको थियो । जसमा वैचारिक राजनैतिक प्रचार तथा सास्कृतिक कार्ययोजना डम्वर खतिवडा,संगठन देवेन्द्र पौडेल, सामाजिक अभियान गंगा श्रेष्ठ,संसदीय मामला केशव दाहाल, कार्यालय वारे केशवमान शाक्य,उत्पादन कार्ययोजना डा लक्ष्मी देवकोटा,आर्थिक मामला रामेश्वर खनालले प्रस्तुत गरे ।
देवकाटाका अनुसार भोलिबाट ती सवै कार्ययोजनाहरुवारे टिप्पणी तथा सुझाव राखिने छ । बैठक भोलि११ वजेदेखि पुनः बस्नेछ । ‘यो वैठकले पार्टी निर्माणको दिशामा कोशे ढुगा वनाउने हेतुसहित प्रत्यक्ष निर्वाचन र प्रत्याव्हानको वन्दोवस्त सहित पार्टी निर्वाचनको प्रकृयामा जाने तयारी गर्ने अपेक्षा सहित वैकल्पिक राजनीतिकै नया धार सिर्जना गर्ने अपेक्षा गरिएको छ,’ देवकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
रातो पाटीबाट
