बैतडी, ६ मंसिर । दार्चुलामा चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले दुई किलोग्राम बढी लागुऔषध चरेस सहित अपि नगरपालिका–१० बाँजका ४८ वर्षीय बलदेव सिंह महरालाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा प्रहरीले महरालाई आफ्नै पसल अपि नगरपालिका–११ बागाँबगरबाट दुई किलो २०० ग्राम चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
