कुशुम वि.क.
बदिया ५ मङ्सिर  । बर्दियाको गुलरिया नगरपालिका वार्ड १० कि विनु सुनारलाइ विद्यालय जान सधै हतार हुन्छ घरको काम सकेर विद्यालय पुग्दा कहिले काहि पहिलो विषय पढाइ भैसकेको हुन्छ , तर अव उनि विद्यालय १५ मिनेटमा नै पुग्ने अवसर जुराइदिएको छ साइकिलले ।

studentमाइति नेपाल बर्दियाले बर्दियाको सदरमुकाम गुलरियामा रहेको महाकवि देवकोटा उच्च मावि मा अध्ययनरत २० जना त्यस्ता वालिकाहरुलाइ साइकिल वितरण गरेको हो ।

विनु जस्तै अन्य विस जना वालिकालाइ विद्यालयमा जादा अव सहज भएको छ कक्षा ९ मा अध्ययनरत स्वतिका थारुलाइ घरको कामले कहीले काहि पहिलो घन्टि छुटने गरेको बताउदै स्वतिकाले अव नछुटने बताइन ।

गरिब सगसगै भारत सग सीमा जोडिएका गाउका वालिकाहरु विद्यालयमा अध्ययन गर्न सहज होस साथै वालविवाह वढि हुने क्षेत्र छनौट गरि त्यस्ता ठाउमा रहेका वालिकाहरुलाइ साइकिल वितरण गरीएको माइति नेपालका क्षेत्रिय सयोजक केवश कोइरालाले जानकारी दिनु भयो ।

विद्यालयका प्राचार्य च्यामु चौधरीले विद्यालयमा विभिन्न समुदायका वालवालिका अध्ययनरत भएको बताउदै केहि गरिब तथा विद्यालय देखि टाढा बाट अध्ययन गर्न आउने वालिकालाइ उनिहरुको मनोवल बढाउन र विचमै पढाइ छोडने वालिकाहरुलाइ न्युनिकरण गरी अन्त्य गर्नका लागी यसले पहल गर्ने बताउनु भयो । बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले वालिकाहरुको बृद्धि विकास सगसगै उनिहरुको आवश्यकताइ ध्यान दिदै गैर सरकारी सघ सस्थाहरुले यस्ता खालका क्रियाकलाप गर्दा अन्य विद्यालय छोडने वालवालिकाहरुलाइ प्ररणा मिल्ने बताउनु भयो ।

यहि कार्तिक बाट माइती नेपाल बर्दियामा शाखा गठन गरेसगै पहिलो पटक जिल्ला प्रसासन कार्यालय , जिल्ला शिक्षा कार्यालय , महिला विकास कार्यालय लगायतका सरकारी निकाय सग छलफल समन्वय गरी गरिब तथा बालविवाह बढि हुने नगरपालिका क्षेत्र छनौट गरी साइकिल वितरण गरीएको माइती नेपाल बर्दियाका जिल्ला सयोजक गायत्री रिमालले बताउनु भयो साथै उहाले शिक्षा ससक्तिकरण र अधिकारीका लागी माध्यामिक विद्यालयका छात्राहरुका लागी साइकिल वितरण कार्यक्रम गरीएको बताउनु भयो ।