काठमाडौं, ५ मंसिर । आज वसेको व्यवस्थापिका–संसद्को बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ संशोधन सहित स्वीकृत गरेको छ । विधेयक पास भएसँगै अब सांसदको दैनिक बैठक भत्ता बढेको छ ।

2a425b11df44b93da86fd402b1f5e92fकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेको सो विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि विधेयकमाथि परेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको हो ।

विधेयकमा परेका संशोधन प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री नायकले समयानुकूल रुपमा जनप्रतिनिधिलाई पारिश्रमिक तथा सुविधा दिनेसम्बन्धी व्यवस्था गरिएको बताए । हाल बैठक भत्ता २ सय रुपैयाँमात्र रहेको थियो अब हजार रुपैयाँ हुने भएको छ ।