बिकाश डाँगी

तुलसीपुर, ४ मंसिर ।  दाङको तुलसीपुरमा स्थापना भएको रेडियो एसटिएन १०६ दशमलव ४ मेघाहर्जले आइतवार देखि औपचारिक प्रशारण सुरु गर्ने भएको छ । स्थापना भएको ४ महिना पछि रेडियोले औपचारिक प्रशारण सुरु गर्ने भएको हो । रेडियोको उदघाटन आइतवार दिउसो १ वजे नेपाल प्रेस काउसिलका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले गर्नु हुने भएको छ ।

redioराप्ती वोर्डकाष्ट्रिङ प्रालीले सञ्चालनमा ल्याएको रेडियो एसटिएन जिल्लामा स्थापना भएको व्यवसायीक रेडियो हो । रेडियोले अहिले विहान साढे सात बजे र बेलुका साढे सात बजे मुख्य समाचार दिदै आएको छ भने विहान ५ वजे देखि राती ११ वजे सम्म १८ घण्टा प्रशारण हुदै आएको छ । रेडियो सञ्चालन गरेको राप्ती वोडकाष्टिङ प्रालीले शनिवार पत्रकार भेटघाट गरेर रेडियोले औपचारिक प्रशारण सुरु गर्न लागेको जानकारी दिएको हो ।

रेडियोका प्रबन्ध निर्देशक दुर्गाप्रसाद गिरिले रेडियोले औपचारिक प्रशारण सुरु गर्न लागेको जानकारी दिनु भयो । उहाले प्रालीले विगतका केहि वर्ष देखि दाङमा टेलिभिजन (एसटिएन च्यालन ) सञ्चालन गर्दे आएको र यस वर्ष देखि रेडियो समेत थप गरि सञ्चालन लाई औपचारिक प्रशारणको तयारीमा रहेको वताउनु भयो । उहाले रेडियोको उदघाटन कार्यक्रममा सबैलाई उपस्थितिका लागि अनुरोध समेत गर्नु भयो । यसै बीच प्रालीले. पर्यटन विकासको लागि सञ्चालन गर्न लागेको होटेल भ्यालि भ्यु इन्टरनेशनल प्यालेशको पनि सोहि अवसरमा उदघाटन गर्न लागिएको जानकारी दिनु भयो ।