घोराही ४ कात्तिक । घोराही क्षेत्रमा मात्रै दैनिक आठ लाख लिटर खानेपानी अभाव रहेको छ । शुक्रवार आयोजित कार्यक्रममा त्यस्तो जानकारी दिइएको हो । जलवायु परिवर्तन ,वन विनाश , जनसख्या वृद्धि र अनियमित वसाई सराई आदी कारणले वर्षेनी खानेपानीका मुहानहरु सुक्दै गईरहे पछि दाङमा वर्षेनी खानेपानीको अभाव वढ्दै गईरहेको जानकारहरु बताउँछन् । घोेराही खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले घोराही वजारमा मात्रै दैनिक आठ लाख लिटर खानेपानी अभाव रहेको जानकारी दिएको छ ।
संस्थाका अध्यक्ष देवीवहादुर डिसीले घोराही क्षेत्रमा खानेपानी अभाव झेल्नुपर्ने वाध्यता रहेको बताएका हुन । उनले घोराहीका २१ ओटा टोल विकास संस्थाका करिव ३ हजार उपभोक्ताहरुले खानेपानी समस्या भोग्नु परिरहेको बताए । उनका अनुसार ३ न. प्रणाली द्धारा वितरण हुने घोराही १० टाउन प्लान टोल विकास संस्था ,वसन्त विहार टोल , पशुपति नगर टोल ,सिद्धार्थ टोल ,लालीगुरास टोल विकास संस्थामा खानेपानी व्यवस्थापनको हुन नसकेको बताएका हुन ।
त्यस्तै ४ न. प्रणाली ११ वडाका माथिल्लो भरतपुुर टोल ,सागर टोल , महालक्ष्मी टोल , सरस्वती टोल, भिमसेन टोल खानेपानी अभाव छ । ५ न. प्रणाली अन्तर्गत मनकामना टोल ,हिमाल टोल विकास संस्था ,पर्वत टोल विकास संस्था , लाँलीगुरास टोल , ज्योती टोल , कस्तुरी टोल , समावेशी टोल , उत्साह टोल, आर्दश टोल र झिगौरा आश्रम टोल विकास संस्था लगाएत टोलहरुले दैनिक खानेपानीको समस्या झेल्नु परेको अध्यक्ष डिसीले बताए ।
अध्यक्ष डिसीले भने ‘स्रोत सुक्दै छ, अभाव वढ्दै छ । स्रोत वढाउन सकिएको छैन । तर, त्यसको समाधानको लागि हामीले निशुल्क ट्याङकर वाट पानी वोकी खुवाई रहेका छौ ।’ उनले पानी नै धारामा पानी धारामा आउने भएपनि मागका आधारमा पानी पु¥याउन नसकिएको बताए । घोराही नगर क्षेत्रमा दैनिक ४० लाख लिटर पानी आवश्यक छ । तर हाल दैनिक ३२ लाख लिटर पानी वितरण गरिएको छ । वाँकी आठ लाख लिटर पानी अझै पु¥याउन नसकिएको अध्यक्ष डिसीले बताए ।
खानेपानी संस्थाले घोराहीमा ५ हजार आठ सय निजी र ३७ ओटा सामुदायिक धारा वितरण गरेको छ । जसमा वाट दैनिक ५० हजार उपभोक्ता लाभान्वित भइरहेका छन । घोराही क्षेत्रमा बढ्दो जनसख्या वृद्धि र वर्षेनी पानीका मुहान सुक्दै जानुले लगायतका कारणले खानेपानीको अभाव वढ्दै गईरहेको अध्यक्ष डिसीले वताए । वर्षेनी आधा ईन्चका अनुपातमा पानीको सतह घट्दै गएको अध्यक्ष डिसीले बताए । पानीको स्रोत घट्दै जानु र उपभोक्ता वढ्दै जानुले पानीको व्यवस्थापन चुनौतिपूर्ण बनेको उनले बताएका थिए ।
चार वटा खानेपानी आयोजना थप हुदै
खानेपानीको अभावलाई मध्येनजर गर्दै घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले चार ठुला आयोजना थप गर्न लागेको जनाएको छ । छ करोड , ८० लाख , ४८ हजारका लागतमा चार ठुला खानेपानी आयोजना थप गर्न लागिएको जनाएको छ । संस्थाका अध्यक्ष डिसीले घोराहीको गुलरियामा चार लाख ५० हजार क्षमताको ओभर हेड ट्याङकी निर्माण गरिने बताए ।
उनले तीन ओटा वोरिङ खन्ने योजना सार्वजनिक गरे । त्यस्तै घोराही ६ ढोडेनीमा ८ लाख लिटर क्षमताका ट्याङकी निर्माण गर्ने , ६ न. वडा कै घनचौरमा १ लाख १० हजार क्षमतको ओभर हेड ट्याङ्की निर्माण गरिने , र फुर्सेखाली ५० हजार क्षमता ओभरहेड ट्याक निर्माण गर्न लागिएको जानकारी दिए । उक्त आयोजना सन २०२२ सम्मलाई ईष्टिमेट गरी थालनी गर्न लागि संस्थाका अध्यक्ष डिसीले जानकारी दिए । विश्व वैकको ७० प्रतिशत आर्थिक अनुदान , २५ प्रतिशत नगर विकास ऋण र ५ प्रतिशत संस्थाको लगानीमा उक्त आयोजनाको निर्माण शुरु गर्न लागिएको उनले बताएका हुन ।
उक्त आयोजन सम्पन्न पश्चात्त घोराही क्षेत्रमा करिव ८५ हजार उपभोक्तालाई खाने पानी पु¥याउने आयोजनाको लक्ष्य रहेको डिसीले जानकारी दिए । उक्त आयोजनाले वढ्दो खानेपानी हाहाकारलाई समाधान गर्न सक्ने उनको कथन थियो । आर्थिक वर्ष २०७४/०७५ सम्ममा आयोजना सम्पन्न गरी खानेपानीको समस्याको समाधान गर्ने गरि काम थालनी गरिने उनले बताए । राप्ती समाचार









