tulsipur nagarpalikaतुलसीपुर १ मसिंर ।  तुलसीपुर वजारका विभिन्न लाइनमा सडक अतिक्रमण गरी राखिएका सामानहरु वुधवार नगरपालीकाले हटाएको छ । यसअघि नगरपालिकाले सडक अतिक्रमण गरेर संचालन गरिएका व्यापार व्यावसाय हटाउन निर्देशन दिएको थियो ।

उक्त निर्देशन व्यबसायीले अटेर गरेपछि नगरपालिकाले सडक अतिक्रमण गरेर संचालन गरेका सामान जफत गरेको नगरपालिकाका बित्तिय अधिकृत ललित वहादुुर घर्तीले बताए । नगरपालिकाले वुधवार विभिन्न व्यापारीका झण्डै एक गाडि सामान वरामद गरेको जनाएको छ ।

नगरपालिकाले गद्धा ,सिरानि तौलकाँटा , साइकल तामाको ताउलो, ग्यास सिलेण्डर , वोर्ड क्यारेटलगायतका सामाग्री बरामद गरेको नयाव सुव्बा खेमकान्त पाण्डेले वताए । वरामत गरिएको सामानका विषयमा विहिवार कार्यालयमा छलफल गरेर टुंगो लगाईने नगरपालीकाका वित्तिय अधिकृत घर्तीले जानकारी दिए ।