तुलसीपुर २ कात्तिक । दाङमा माछा पालन तर्फ कृषकको आकर्षण बढ्दै गएपछि दाङमा माछा उत्पादन बढदै गएको छ । जिल्ला कृषि बिकास कार्यालय दाङको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा सात सय ८० मेट्रिक टन माछा उत्पादन भएको छ ।
आर्थिक बर्ष २०७१ / ०७२ मा दुई सय ४५ मेट्रिक टन मात्रै माछा उत्पादन भएको थियो । यो तथ्याङ्क हेर्दा दाङमा एक बर्षमा करिब तीन गुना माछा उत्पादन भएको छ । माछा पालनबाट राम्रो आम्दानी हुन थालेपछि कृषकहरु पनि आकृषित बन्दै गएका छन् । जस्ले गर्दा पनि दाङमा माछा उत्पादन बढेको हो । दाङका माछा पालक किसानहरु भन्छन् ‘ अरु भन्दा माछा पालेर राम्रो आम्दानी हुन्छ , त्यसैले हामी माछा पाल्न शुरु गरेका हौ । ’
जिल्ला कृषि बिकास कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा दाङमा १८ हेक्टर क्षेत्रफलमा नयाँ माछापालनका लागि जलासय निर्माण गरिएको छ । नयाँ पोखरी विस्तारसँगै दाङमा एक सय ७५ हेक्टर क्षेत्रफल माछा पालन क्षेत्र भएको छ । यो क्षेत्रफलमा ४ सयभन्दा वढी किसानले व्यावसायिक माछापालन गर्दै आएको कृषि विकास कार्यालयले बताएको छ ।
जिल्ला कृषि बिकास कार्यालय दाङका मत्स्य विकास अधिकृत सुरेशकुमार भुजका अनुसार नेपाल सरकारको मत्स्य उत्पादन विशेष कार्यक्रमअन्तगत दाङ र देउखुरी क्षेत्रको १८ हेक्टर क्षेत्रफलमा ७५ ओटा नयाँ माछापालन जलाशय निर्माण गरिएको छ । जसका लागि सरकारको ५० प्रतिशत र कृषकहरुको ५० प्रतिशत गरी एक करोडभन्दा वढी लगानी भएको छ ।
मत्स्य विकास विशेष कार्यक्रमअन्तरगत मत्स्य विकास निर्देशनालय हरिहर भवन काठमाडौंको सहयोग तथा जिल्ला कृषि विकास कार्यालयको अनुगमन तथा प्राविधिक सहयोगमा आव २०७२÷७३ मा दाङका धर्ना, डुरुवा, नारायणपुर नगरपालिका, तुलसीपुर नगरपालिकाका साथै लमही नगरपालिका, गोवरडिया, गंगापरस्पुर, सिसनिया गाविसलगायतका स्थानहरुमा नयाँ माछा पोखरी विस्तार गरिएको मत्स्य विकास अधिकृत भुजले जानकारी दिए ।
दाङमा आर्थिक वर्ष २०६८/०६९ देखि शुरु माछा उत्पादन कार्य शुरु भएको थियो । त्यसमध्य जिल्ला कृषि बिकास कार्यालयको तथ्याङ्कले आर्थिक बर्ष २०६९÷०७० मा एक सय १५ हेक्टर क्षेत्रफलमा माछापालन भएको देखाएको छ ।
जस्मा तीन सय ५७ मेट्रिक टन माछा उत्पादन भएको थियो । त्यस्तै २०७०÷०७१ मा एक सय ४५ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएकोमा चार सय ४७ मेट्रिक टन माछा उत्पादन भएका थिए । यो २०६९ /०७० को तुलनामा एक सय मेट्रिक टन भन्दा बढि हो । त्यस्तै २०६९÷०७० को तुलनामा ०७०÷०७१ मा करिब एक सय मेट्रिक टनले माछा उत्पादन बृद्धि भएको कृषि बिकास कार्यालयको तथ्याङ्कमा छ ।
आर्थिक बर्ष २०७०/०७१ मा एक सय ५५ हेक्टर क्षेत्रफलमा माछा पालन भएकोमा पाँच सय ४३ मेट्रिकटन माछा उत्पादन भएको छ । त्यस्तै आर्थिक बर्ष २०७२/०७३ मा भने दुई सय ४५ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएकोमा सात सय ८० मेट्रिक टन माछा उत्पादन भएका थिए । यो आर्थिक बर्ष २०७१÷०७२ को तुलनामा करिब दुई सय मेट्रिकटन बढि हो ।
शुरु शुरुका बर्षमा सरकारले माछापालक ब्यबसायीलाई प्रति हेक्टर एक लाख रुपैँया अनुदान दिने गरेको थियो भने आर्थिक बर्ष २०७२ ÷०७३ देखी भने अनुदानलाई बढाएर प्रतिहेक्टर तीन लाख दिदै आएको छ । बर्षेनी माछा उत्पादन बढ्दै गएपनि अझै आत्म निर्भर बन्न सकेको छैन् । अझै दाङमा बाहिरी जिल्ला तथा देशभाब माछा ल्याउनुपर्ने बाध्यता रहेको छ । अझै पनि तीन हजार बढि मेट्रिक टन माछा बाहिरबाटै ल्याउनु पर्ने बाध्यता रहदै आएको छ ।
मत्स्य विकास अधिकृत भुजका अनुसार दाङमा अहिले बार्षिक ६५ करोड बराबरका माछा भित्रने गरेका छन् । जिल्ला कृषि बिकास कार्यालयले अबको पाँच बर्षमा दाङलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने जनाएको छ ।
