एजेन्सी, १ मंसिर । रुसका अर्थमन्त्री एलेक्सी उल्याकायवको घुस लिएको आरोपमा पक्राउ परेका छन् । अर्थमन्त्र एलेक्सीलाई घुस लिएको आरोपमा हिरासतमा लिएको हो ।

rasia-750रुसको प्रमुख भ्रष्टाचार विरोधी संस्था इन्भेष्टिगेटिभ कमिटीले एलेक्सी उल्याकायेवले २० लाख डलर भुक्ता गर्नुपर्ने बताएको छ । उल्याकायेबको मन्त्रालको सकारात्मक आकलनपछि ठूलो तेल कम्पनी रोजेनफटले दोस्रो तेल कम्पनी बासेनफबाट ५० प्रतिशत हिस्सा लिएको थियो ।

सोभियत संघमा सन् १९९१ मा भएको परिवर्तनपछि घूसखोरीको मामिलामा हिरासतमा लिएका एलेक्सी उल्याकायेब सबैभन्दा ठूला नेता हुन् । एलेक्सी उल्याकायेबलाई घूस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अनुसन्धान कमिटीका कमिटीका प्रवक्ता स्वेतलाना पेट्रोनेकवलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी आरआईएले जनाएको छ ।

इन्भेष्टिगेटिभ कमिटीका अनुसार मन्त्रीको विरुद्धमा तत्काल आरोपपत्र दायर गरिनेछ । यस आरोपमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्नेछ ।