काठमाडौं, ३० कार्तिक । न्यूनतम पारिश्रमिक निर्धारण समितिले मङ्सिर पहिलो सातादेखि सरकारले निर्धारण गरेको पत्रकारको मासिक न्यूनतम पारिश्रमिक १९ हजार ५०० कार्यान्वयन भए/नभएको बारे अनुगमन सुरू गर्ने भएको छ ।

posad-kcसमितिले २०७२ मा दिएको सुझाव प्रतिवेदनका आधारमा २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेपछि त्यसको कार्यान्वयन बारे गुनासो आएपछि अनुगमन गर्ने तयारी गरिएको समितिका अध्यक्ष पोषण केसीले जानकारी दिए ।

सरकारले न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको जनाउँदै आएपनि नेपाल मिडिया सोसाइटीलगायतका निजी सङ्घ(सङ्गठनले भने कार्यान्वयन गर्न नसक्ने जनाउँदै आएका छन ।