इन्द्रेणी संवाददाता

घोराही,१७ चैत । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा नारायणपुरमा धार्मिक महायज्ञ सुरु भएको छ । चैत २४ गतेसम्म सञ्चालन हुने महायज्ञको भव्य कार्यक्रमका विच भुमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापा र हिन्दु जागरण नेपालका अध्यक्ष एवं मुख्य वाचक पण्डीत रामकृष्ण उपाध्यायले सयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै राज्यमन्त्री थापाले हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै पुन नेपाललाई सनातन हिन्दु राष्ट्र नेपाल घोषणा गरिनुपर्ने बताउनुभएको छ ।

12903622_1788778278020261_1586332642_o
हिन्दुत्व सरक्षण तथा धर्म परिवर्तन विरुद्धको महाअभियान अन्तर्गत हिन्दु जागरण नेपाल त्रिपुर नगर समितिको दाङको नारायणपुरमा आयोजना गरेको श्रीमदभागवत हिन्दु जागरण ज्ञान महायज्ञको उदघाटन गर्दे राज्य मन्त्री थापाले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नका लागि जनस्तरवाट राज्यलाई दवाफ दिनुपर्ने बताउनुभएको छ । ‘जनताहरुको चाहना भन्दापनि केही नेताहरुको चाहनामा हिन्दु राष्ट्रको पहिचान मेटाउने गरी नेपाललाई धर्मनिरपेक्षता घोषणा गरिएको भन्दै मन्त्री थापाले त्यस्ता नेताहरुलाई  जनताले चिनेर तह लगाउनुपर्ने समेत बताउनुभएको थियो ।’ हिन्दु राष्ट्र हुनुपर्ने आफ्नो पार्टीको मुख्य माग रहेको भन्दै मन्त्री थापाले हिन्दु राष्ट्रका लागि पाटी सरकार छोड्न समेत तयार रहेको बताउनुभएको थियो ।

त्यस्तै मन्त्री थापाले आफ्नो पाटी राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल हिन्दु राष्ट्र,राजतन्त्र स्थापनासँगै गणतन्त्रको विरुद्धमा लागि रहेको भन्दै जनताहरुलाई आफ्नो पार्टीलाई सहयोग गर्न समेत अनुरोध गर्नुभएको थियो । त्यस्तै महायज्ञका प्रमुख बाचक तथा हिन्दु जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष आध्यात्यमीक शिरोमणि रामकृष्ण उपाध्यायले धर्मपरिवर्तनका लागि विरुद्धमा जनताहरु सजक हुनुपर्ने बताउनुभएको थियो । विभिन्न बहानामा अहिले इसाईहरु नेपालका गाउँ गाउँमा पसेर गरिवी,बेरोजगारीको फार्इृदा उठाएर धर्मपरिवर्तन गराउने गरेको भन्दै त्यस तर्फ सजक हुनुपर्ने समेत बतउाुनभएको थियो । अहिले हिन्दु धर्ममा भएका कमीकमजोरीहरुका साथै नेपालको गरिवी,अशिक्षा र बेरोजगारीको फाइदा उठाउदै क्रिरिसियनहरुले नेपालमा चलखेल गरिरहेको बताउनुभएको थियो ।

महायज्ञ मुल आयोजक समितिका सयोजक टेकबहादुर खड्काको अध्यक्षता भएको कार्यक्रमम प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, नेपाल पत्रकार महासघ दाङका सल्लाहकार सविन प्रियासन, महायज्ञका सल्लाहकार एवं समाजसेवी माधवप्रसाद पाण्डे, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष गोपालप्रसाद लम्साल, क्षेत्री समाज दाङका अध्यक्ष यमानन्द जिसी, राप्ती मुस्लीम समाजका अध्यक्ष अजमद अलि सिद्धिकी लगायतकाले बोल्नुभएको थियो । महायज्ञको बारेमा प्रवचन टोलीकी राधा रिमालले जानकारी गराउनुभएको थियो । सल्लाहकार भोलानाथ योगीका स्वागत  मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन आरके सितलले गर्नुभएको थियो ।