तुलसीपुर ३० कात्तिक । उच्च अदालत तुलसीपुरमा मुख्य न्यायधिसको आगमण भएको छ । न्यायपरिषदले नेपालगंज ईजलासका न्यायधिस वमकुमार श्रेष्ठलाई उच्च अदालत तुलसीपुरको मुख्यन्यायधिसको रुपमा सिफारिस गरेपनि उहाँ यहाँ आउनु भएको हो । नेपाल सरकारले उच्च अदालतको घोषणा गरेसंगै मुख्यन्यायधिस विहिन वनेको उच्चअदालत तुलसीपुरले आज सोमवार मुख्यन्यायधिस पाएको हो ।
दरबन्दी अनुसारका न्यायधिस नहुदा उच्च अदालत तुलसीपुरको काम दुई महिना देखी प्रभाबित हुदै आएको थियो । मुख्य न्यायधिस सहित ४ न्यायधिसको दरवन्दी रहेको उच्च अदालत तुलसीपुरमा यस अधि एकजना न्यायधिसमात्र हुनुहुन्थ्यो ।
मुख्य न्यायधिसको आवगमन भएसंगै अव उच्च अदालतमा न्याय सम्पादनका कामले तिव्रता पाउने अदालतका उपरजिष्टार दिलप्रशाद साप्कोटाले वताउनुभयो । उच्च अदालत तुलसीपुरमा मुख्य न्यायधिस वमकुमार श्रेष्ठ र न्यायधिस श्रीमण कुमार गौतम गरी दुइजना मात्र न्यायधिस रहनुभएको छ । अझै दुई न्यायधिसको दरवन्दी रिक्त रहेको उच्च अदालत तुलसीपुरले जनाएको छ ।
