संजय कुशवाहा

नवलपरासीको पक्लिहवा २ ठाढी घाटमा संचालन गरिएको  मेला आज सम्पन्न भएको छ। मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगीताके प्रथम उपाधी कसैलै हाथ पार्न सकेन।

14962297_361207257559803_1172589293_nप्रथम पुरस्कारको  लागी गेदा पहलवान भारतको गोरखपुर बाट शैलेस पहलवान   महराजगंज बिच  प्रतिस्पर्धा भएकाो थियो! स्पष्ट जित कसैको नभएपछी दुबै संयुक्त विजेता बनेका थिए। भने दितृयमा शैलेस पहलवान भने तितृयमा गणेश पहलवानले हाथ पारेका छन  प्रथम हुनेलाई एक मुस्ट ११ हजार दितृय हुनेलाई ७ हजार एक थान टि.भी.शिल्ड तितृय हुनेलाई ५ हजार एक थान साईकल  प्रदान गरिएको थियो !

बिराट कुश्ती दंगल  परतियोगीतामा कुल ३२जोडी प्रतिष्पर्धा गरेका  थिए। गाविसका सचिव गणेश बिकको अध्यक्षतामा भएको कार्यक्रम मा नेपाली काग्रेस क्षेत्र नं. ६का सभासद देवकरण प्रसाद कलवार (संन्तु)को प्रमुख अथित्यता  रहेको  थियो!

15046218_361207337559795_319970525_nसो अवसरमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कुमार आले ,उखु कृषक  समितिका अध्यक्ष उमेश चन्द्र यादव,मेलाका सहसंयोजक ओम प्रकाश तिवारी,सचिव कृष्ण बहादुर थापा, सन्घर्ष जायसवाल लागायतको  उपस्थिती रहेको थियो।

आउने दिनमा थाडिघाट धाम मेलालाई अझै ब्यवथस्थित बनाउनु पर्नेमा सभासद कलवारले जोड दिनु भएको थियो ।   एतिहासिक एवं पर्यटकिय क्षेत्र नारायणीनदिको किनारमा कार्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा नेपाल भारत बाट  करिब ७० हजारभन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समिति ठाडि घाटले दावी गरेको छ ।  नारायणी नदिमा स्नान र स्नान पश्चात त्याहा निर्माण शिव मन्दिरमा पुजा गरेपछि मनोकामना पुरा हुने विश्वास गरिएको छ।