nunतुलसीपुर ३० कात्तिक । दाङमा आयोडिन नुनको मुल्य बृद्धि भएको छ । भारतले पुनः नाकाबन्दी गर्न लागेको हल्लाको पछि लागेर दाङका ब्यापारीले मुल्य बृद्धि गरेका हुन् । यहाँका ब्यापारीले आफुखुसी एक प्याकेट आयोडिन नुनमा पाँच रुपैयाँ बढाएर बिक्रि गरिरहेका छन् । यस अघि २० रुपियाँमा विक्रि भईरहेको एक प्याकेट आयोडिन नुन शुक्रवार देखि खुँद्रा ब्यापारीले २५ रुपैयाँमा बिक्रि गरिरहेका छन् ।

तुलसीपुरको व्यस्त चोकमा खुद्रा पसल गरेका एक व्यापारीले खरिद मुल्य वढेपछि आयोडिन नुनको खुद्रा मुल्य पनि बढाएको बताउनुभयो । पुन :नाकावन्दी हुने हल्लाले ग्रहाकले धेरै नुन खरिद गार्दा बजारमा नुन अपुग भएको तथा डिलरले माग अनुसार नुन आपुर्ति नगर्दा मुल्य बढाउनु परेको उहाँले खुलासा गर्नुभयो । उहाँका अनुसार एक ग्रहाकले २५ प्याकेट सम्म नुन खरिद गर्ने गरेका छन् । यसअघि ५० किलोको नुनको वोरालाई ८ सय ५० रुपैयाँ खरिद हुने गरेको थियो उहाँले भन्नुभयो ‘अभाब हुने हल्लाले थोक मूलयमै ५० रुपैयाँ बढेपछि हामीहरुले पनि प्रति प्याकेट पाँच रुपैयाँ बढाएका हौ । ’

नुनको डिलर सञ्चालन गरीरहेको तुलसीपुरको हिमालयन ट्रेडर्सले भने आयोडिन नुनको अभापनि पनि नभएको तथा मुल्य पनि बृद्धि नगरेको बताए । डिलर सञ्चालकले भने ‘ मेरो डिलरमा शुक्रवार सम्म थियो, आज सकिएको छ तर अभाब भएको होईन ।’ मंसिर १ गते जति पनि नुन आउँछ ।

जिल्लामा नुन आयतको जिम्मेवारी पाएको साल्ट टे«डिङ कर्पोरेशनले भने जिल्लामा प्रयाप्त मात्रामा नुन स्टक रहेको बताएको छ । कर्पोरेशन कार्यालय प्रमुख आन्नद कुमार न्यौपानेले दाङमा नुन आयत भईरहेको बताउनुभयो । उहाँका अनुसार आज मात्रै तुलसीपुरमा दूइ गाडि नुन पठाएको जानकारी दिनुभयो । दाङमा भोली पनि भैरहवा र नेपालगञ्जवाट नुन आयत हुने उहाँको भनाई छ ।

उहाँले आयोडिन नुनमा मुल्यवृद्धि नभएको र मुल्यवृद्धि गरी उपभोक्ता ठगि गर्नेलाई प्रशासनले कानुन बमोजिम कारबाही गर्ने बताउनुभयो । ब्यापारीहरुले हल्ला फिजाएर नुनमा कालोवजारी गर्न खोजेको हुनसक्ने उहाँले आशांका गर्नुभयो । खरिद मूल्य प्रतिप्याकेट १७ रुपियाँ पर्ने अयोडिन नुनलाई खुद्रा मुल्य २० भन्दा वढिमा विक्रिवितरण गर्नेहरुलाई कार्वाही हुने कार्यालय प्रमुख न्यौपानेको भनाई छ । तुलसीपुरका धेरै खुद्र पसलमा भने आयोनुनको प्याकेटलाई २५ रुपियाँमा विक्रिवितरण भैरहेको छ ।